काठमाडौँ – नेपाली गित संगीतको बजारमा एउटा फरक शैलिको म्युजिक भिडियो ‘कुरै खलास’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको उत्कृष्ट संयोजन प्रस्तुत गरिएको यस गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान तान्न सफल भएको छ । गितलाई टिकटकमा समेत दर्शकहरुले रुचाइरहेका छन । कृष्ण रेउले युट्युव च्यानलमा सार्वजनिक भएको गितमा कृष्ण रेउले, एलिना […]

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद गुज्रिएको समितिले २ केन्द्रीय सदस्यसहित ६ नेतालाई स्पष्टीकरण सोधेको छ । माउ पार्टी नेपाली कांग्रेसले दुजाङ शेर्पा अध्यक्ष रहेको तदर्थ समितिलाई चैत मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । कांग्रेस पदाधिकारी बैठकले तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न नसकेमा तदर्थ समिति भङ्ग गर्ने चेतावनी पनि दिएको थियो […]

सल्यान, बागचौर नगरपालिका–११ — नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अधिवेशन बागचौर नगरपालिका वडा नं. ११ मा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त अधिवेशनबाट झलक कुमार वलीको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। नवगठित समितिले संगठन सुदृढ गर्दै स्थानीय युवाहरूको सक्रियता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा बोल्दै तरुण दलका […]

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग सम्झौता गरेको भन्दै परिषद्ले आज पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो । आन्दोलन परिचालन समितिको संयोजक बब्बन मिश्र तोकिएका छन् । परिषद्का अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासंघले रहस्यमय ढंगले […]

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा छानबिनका लागि कूटनीतिक पहल गर्नुभएको छ । मन्त्री राणाले घटना लगत्तै परराष्ट्र मन्त्रालयले भारत र ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित दूतावासमार्फत् घटनाको छानबिनका लागि कूटनीतिक पहल थालेको जानकारी दिनुभएको हो । परराष्ट्रमन्त्री राणाले […]

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ६९ लाख १५ हजार ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का सम्पूर्ण केसी, काभ्रेपलाञ्चोक पाँचखाल–३ का सुजन गिरी, पाल्पा रम्भा गाउँपालिका–५ का शिरबहादुर बराल र काठमाडौँ तारकेश्वर नगरपालिका–४ की सरस्वती देवकोटा […]

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान व्यवस्थाबाट मुुलुकमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको बताउनुभएको छ । श्रमिक दिवसको अवसरमा राप्रपा नेपालसम्बद्ध श्रमिक संगठन ‘टुकोन’ द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले, “हालको व्यवस्था भ्रष्टाचार उत्पादन गर्ने कारखाना बनेको छ,” भन्दै कडा आलोचना गर्नुभयो। थापाले जनतामा फैलिएको निराशा, हतास र […]

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त वातावरण […]

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल पड्काउदै डान्स गरेकी थिइन् । सामाजिक सञ्जालमा भाईरल भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ […]

काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ दुधे बालकको ज्यान लिने गरी भएको टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका चौधरीले न्यूनतम सजाय भुक्तान नगरेकाले अदालतको आदेश अनुसार उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले न्यूजपोलारसंग […]