दाङ, शान्तिनगर। शान्तिनगर गाउँपालिकाले समावेशी, समतामूलक र स्वच्छ ऊर्जा पहुँचको दिशामा ऐतिहासिक पाइला चाल्दै “शान्तिनगर बासीको रहरः उज्यालो शान्तिनगर” भन्ने नारासहित अभिनव कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनबाट पारित नीति तथा कार्यक्रममार्फत अघि सारिएको यो योजना अन्तर्गत शान्तिनगर गाउँपालिका भित्रका सम्पूर्ण ग्राहकहरूको न्यूनतम विद्युत महशुल शुल्क गाउँपालिकाले नै नेपाल विद्युत प्राधिकरणमा दाखिला गर्ने […]

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकाले सल्यान जिल्लाको शारदा नगरपालिकालाई एक एम्बुलेन्स सहयोग स्वरूप प्रदान गरेको छ। मंगलबार तारकेश्वर नगरपालिकाका नगरप्रमुख श्री कृष्ण हरि महर्जनले एक औपचारिक समारोहका बीच एम्बुलेन्स शारदा नगरपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको हो। तारकेश्वर र शारदा नगरपालिकाबीच २०८० सालमा भगिनी सम्बन्ध स्थापना भएको थियो। सोही समझदारीअन्तर्गत दुई नगरपालिकाबीच सहकार्य र समन्वयमा आधारित कार्यक्रमहरू […]

बिराटनगर -४,कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले पुर्वी नेपालमै पहिलो पटक सुन्न र बोल्न नसक्ने समस्या भएका दुई बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको छ । नाक, कान, घाँटी रोग बिषेशज्ञ डा. शंकर प्रसाद शाहको नेतृत्वमा यो अत्याधुनिक शल्यक्रिया भएको हो । श्रवण शक्ति धेरै कम भएकाहरूमा गरिने यस्तो शल्यक्रियाले ती बालबालिकाको जीवनमा ठूलो सकारात्मक परिवर्तन […]

काठमाडौं, नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित ‘नेपाल–जापान कल्चरल एक्सचेन्ज प्रोग्राम’ हिजो काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा जापानबाट विशेष रूपमा आएका विश्वप्रसिद्ध जादुगर Jack 12 ले पहिलोपटक नेपाली दर्शकमाझ प्रत्यक्ष जादु प्रदर्शन गरेका थिए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री बद्री प्रसाद पाण्डे […]

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज अन्तर्गत सञ्चालित नोबेल क्यान्सर अस्पतालमा सेवा प्रदान गर्नुहुने भएको छ। अब क्यान्सर उपचारको खोजीमा रहेका बिरामीहरूले राजधानी बाहिरै, पूर्वी नेपालमै अनुभवी विशेषज्ञको सेवा पाउन सक्ने भएका छन्। डा. रौनियार नेपालका प्रतिष्ठित फिजिसियन तथा मेडिकल अङ्कोलोजिस्ट हुनुहुन्छ, जसले क्यान्सर उपचारको क्षेत्रमा चार […]

काठमाडौं । नेपाली कांग्रेसका लोक प्रिय युवा नेता सांसद डा. सुनिल शर्माले पत्रकार दिलभुषण पाठकमाथि जारी भएको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भएको बताएका छन् । सांसद शर्माले असहमति या असन्तुष्टि भए त्यसको विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुने भए पनि सिधै अपराध ठहर गर्दै पक्राउ पुर्जी जारी हुनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला […]

सल्यान, बागचौर | सल्यान जिल्लाको बागचौर नगरपालिका–९, छाप खर्सु निवासी लुम बहादुर डाँगीको ब्लड क्यान्सरका कारण आज निधन भएको छ। केही समयदेखि चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत डाँगीको शनिवार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ। लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका डाँगीको आर्थिक अवस्था कमजोर भएकोले उपचार खर्च जुटाउन उनका परिवारले सहयोगको लागि […]

काठमाडौं : नेकपा माओवादी केन्द्र संसद्को अवरोध हटाउन लचक देखिएको छ। आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सिर्जनात्मक, रचनात्मक ढंगले संसद्को निकास निकाल्न लाग्ने निर्णय गरेको हो। बैठकपछि बोल्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहने बताए। उनले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने बताए। […]

काठमाडौं , सर्लाहीको हरिपुर्वा नगरपालिका–५ निवासी अति गरिब र पीडित यादव परिवारका लागि नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा संघीय सांसद डा.सुनिल शर्माले गरेको मानवीय सहयोगबाट सर्लाहीवासीको हृदय छोएको छ। हरिपुर्वा–५ की पविता यादवको जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलीको अप्रेशनपछि अवस्था जटिल भई काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) मा महिनौँसम्म भेन्टिलेटरमा उपचार भएको थियो। दुर्भाग्यवश, […]

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको छ । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन […]