काठमाडौं,
नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित ‘नेपाल–जापान कल्चरल एक्सचेन्ज प्रोग्राम’ हिजो काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा जापानबाट विशेष रूपमा आएका विश्वप्रसिद्ध जादुगर Jack 12 ले पहिलोपटक नेपाली दर्शकमाझ प्रत्यक्ष जादु प्रदर्शन गरेका थिए।
बिज्ञापन
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथि रूपमा सहभागी थिए भने युवा नेता भूपेन्द्रजंग शाही विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। उनीहरूका साथै विभिन्न सांस्कृतिक, राजनीतिक तथा शैक्षिक क्षेत्रमा सक्रिय विशिष्ट व्यक्तिहरू, कलाकारहरू र दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बिज्ञापन
विश्वभर चर्चित Jack 12 ले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको उद्घाटन समारोहमा समेत प्रस्तुति दिइसकेका छन्। नेपालमा उनले देखाएको जादुयात्रा दर्शकहरूका लागि अविस्मरणीय बन्यो। जादुसँगै नेपाली कलाकारहरूले प्रस्तुत गरेका संगीत र नृत्यको फ्युजनले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्यो।
कार्यक्रमको आयोजन OG Media House ले गरेको हो भने B. To B. Consultancy मुख्य प्रायोजकको रूपमा रहेको थियो। साथै A.S. Nepal Japanese Language Academy, Galaxy Dream Education, Lalitpur Educational Consultancy, Kastuv Education, र Galaxy Global International Consultant सह–प्रायोजकको रूपमा संलग्न थिए। कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन विभिन्न क्षेत्रका व्यक्तिहरूले गरेको सहयोगप्रति आयोजकले आभार व्यक्त गरेको छ।
बिज्ञापन
कार्यक्रम आयोजक टोलीले नेपालको सांस्कृतिक विविधता र जापानसँगको मैत्री सम्बन्धलाई अझ गहिरो बनाउन यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर आयोजना गरिने जानकारी दिएका छन्।