महिलाको सपना साकार पार्न नबिल बैंकको “नारी कर्जा” योजना

काठमाडौँ — महिलाहरूको आर्थिक सशक्तिकरण, नेतृत्व विकास र व्यवसायिक सफलताका लागि नबिल बैंकले विशेषरूपमा लक्षित योजना “नबिल नारी कर्जा” सार्वजनिक गरेको छ। “For the woman who leads, builds, and grows” भन्ने नारासहित सार्वजनिक गरिएको यस योजनाले नेपाली महिलालाई आर्थिक स्वतन्त्रताको बाटोमा अघि बढ्न थप हौसला प्रदान गर्ने विश्वास बैंकले लिएको छ।
नारीहरूको दृष्टिकोण, साहस र उद्देश्यलाई मूर्त रुप दिन यो योजना प्रभावकारी उपकरण बन्ने अपेक्षा गरिएको छ। व्यवसाय सञ्चालन, विस्तार, नयाँ सुरुवात वा व्यक्तिगत वित्तीय आवश्यकताका लागि समेत उपयोगी हुने यो कर्जा योजनाले समावेशी वित्तीय पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

बिज्ञापन

विस्तृत जानकारीको लागि https://www.nabilbank.com/business/products/loan-products/nabil-nari-karja मा जान सकिन्छ, वा नबिल बैंकको ग्राहक सेवा केन्द्र ०१–५९७००१५ मा सम्पर्क गर्न सकिन्छ। ईमेलमार्फत जानकारी लिन चाहनेले [email protected] मा सम्पर्क गर्न सक्नेछन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु