समाचार
काठमाडौँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो । आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाघेको छ । तीन […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाई घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले नेपाली भाषामा अनेक सम्मानार्थी शब्दहरु रहेको भन्दै अहिलेको मिडियाले तल्लो स्तरको भाष प्रयोग गर्ने गरेको आरोप लगाउनु भयो […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाकुरीभञ्याङस्थित टेरेसेस रिसोर्टमा लडेको पाइएको छ । उच्च स्रोतकाअनुसार प्रचण्डसहितका व्यक्ति मंगलबार टेरेसेस रिसोर्टमा रात बिताउने गरी गएका थिए । सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको उच्च स्रोतले जानकारी दियो । गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको थियो । टाउकामा […]
एजेन्सी | वैशाख २४ – भारतले पाकिस्तानमाथि ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही गर्दै नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती स्थानहरूबाट भारतमाथि आतंकी आक्रमणका योजना तथा निर्देशनहरू भइरहेको प्रमाणित भएपछि कारबाही गरिएको हो। यो कारबाही अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आतंकवादी आक्रमणपछि आएको हो, जसमा २६ जना पर्यटकको ज्यान गएको […]
काठमाडौँ। अमेरिकाले गैरकानुनी रूपमा त्यहाँ बसोबास गरिरहेका ७ जना नेपालीलाई निष्कासन गरेको छ। उनीहरूको निष्कासनमा गिरी, पाठक, डाँगी, पोखरेल र ओली थरका तीन जना रहेका छन्। यसै साता उनीहरूलाई एयर इन्डियाको विमानबाट काठमाडौं फर्काइएको हो। निष्कासनमा परेका चार जना अवैधरूपमा अमेरिका बसोबास गर्दै थिए र नेपाली पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आएका थिए। अमेरिकी अध्यागमनले उनीहरूलाई […]
काठमाडौँ। मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उहाँको अन्त्यष्टि गरिनेछ । यसअघि उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । नेपालको आजै सोही अस्पतालमा […]
सल्यान । सल्यानको बागचौर नगरपालिकाले लोपोन्मुख अवस्थामा रहेको मौलिक नेपाली बाजाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आमा समूहलाई पञ्चेबाजा हस्तान्तरण गरेको छ । नगरपालिकाको ३ स्थित खालीको समाज सुधार स्वास्थ्य आमा समूहलाई एक सेट पञ्चेबाजा प्रदान गरिएको हो । नगरप्रमुख जनकराज गौतमले स्थानीय संस्कृतिको संरक्षण र सीपको पुस्तान्तरणमा नगरपालिका सक्रिय रहेको बताउनुभयो । उहाँले विशेषगरी […]
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्मा स्वास्थ्य सेवा र मानवीय सहयोगमा निरन्तर प्रेरणाको स्रोत बन्दै आएका छन्। हालै, उनले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ अन्तर्गत पर्ने कानेपोखरी गाउँपालिका–३, मुसहर बस्तीकी कौशिला मुसहरको ज्यान जोगाएका छन्। लामो समयदेखि आन्द्रामा घाउ भएर हिँड्न नसक्ने अवस्थासम्म पुगेकी कौशिला आर्थिक अभावका कारण उपचार नै […]
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्युको घटनाबारे सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल बाहिर अध्ययनका लागि जाने विद्यार्थीले एनओसी लिएर […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनाको हिरासत म्याद पाँच दिन थप गरिएको छ। उनीहरूलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो। मिश्रसँगै जनकमान्डर दुर्गा प्रसाईको पनि पाँच दिनको म्याद थपिएको छ। राजसंस्था पुनःस्थापनाको अभियानमा संलग्न दुर्गा प्रसाईमाथि पनि राज्यविरुद्धको मुद्दा चलाइएको छ। संगठित अपराध र राज्यद्रोह मुद्दामा अनुसन्धान […]











