लाकुरीभञ्याङको रिसोर्टमा लडेका थिए प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाकुरीभञ्याङस्थित टेरेसेस रिसोर्टमा लडेको पाइएको छ ।

बिज्ञापन

उच्च स्रोतकाअनुसार प्रचण्डसहितका व्यक्ति मंगलबार टेरेसेस रिसोर्टमा रात बिताउने गरी गएका थिए । सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको उच्च स्रोतले जानकारी दियो ।

बिज्ञापन

गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको थियो । टाउकामा तीन वटा टाँका लगाएपछि उनी फर्किएका थिए ।

यता प्रचण्डको सचिवायलय बाथरुममा लडेको बताए पनि कहाँको बाथरुम भन्नेबारे केही पनि उल्लेख गरेको थिएन ।

बिज्ञापन

छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु