तीनकुने प्रकरण: मिश्र र प्रसाईसहित २५ जनाको हिरासत अवधि लम्बियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनाको हिरासत म्याद पाँच दिन थप गरिएको छ। उनीहरूलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो।

बिज्ञापन

मिश्रसँगै जनकमान्डर दुर्गा प्रसाईको पनि पाँच दिनको म्याद थपिएको छ। राजसंस्था पुनःस्थापनाको अभियानमा संलग्न दुर्गा प्रसाईमाथि पनि राज्यविरुद्धको मुद्दा चलाइएको छ।

बिज्ञापन

संगठित अपराध र राज्यद्रोह मुद्दामा अनुसन्धान भइरहेका मिश्रको यो छैटौंपटक म्याद थप हो। यसअघि १४ वैशाखमा सात दिनको म्याद थप गरिएको थियो।

हाल तीनकुने घटनासँग सम्बन्धित ५६ जना प्रहरी हिरासतमा छन्। तीमध्ये २५ जनाविरुद्ध राज्यविरूद्धको र अन्यहरूमाथि आपराधिक उपद्रवको आरोपमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले ३३ जनालाई हाजिर जमानीमा रिहा गरिसकेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु