बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो । चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । रासस

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । अहिले विशेष अदालतमा अख्तियारले पेश गरेको आरोपपत्र, मुद्दाको मिसिल र प्रमाण कागजात रुजु गर्ने काम भइरहेको बताइएको छ । आरोपपत्र दर्ता […]

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो साताभित्र २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । अब रुजु र प्रोसेसिङको काम मात्र बाँकी रहेको उनले बताए । यो काम टुङ्गिएपछि सिस्टममा इन्टी गर्ने उनले बताए । […]

सुधार नेपाल र परिवर्तनका लागि युवा संस्थाको संयुक्त आयोजनामा काठमाडौंको बत्तिसपुतलिमा युवा नेतृत्व विकास तथा क्षमता बिकास कार्यक्रम संयोजक विनोद शाही ठकुरीको सभापतित्वमा र प्रतिनिधि सभा सदस्य माननीय चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा युवा नेता भुपेन्द्रजंग शाही,राष,युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत,नबिल बैंकका Dceo मनोज ज्ञवाली,युवा उधमी प्रदीप पराजुली र सामाजिक अभियन्ता चक्रबहादुर […]

बुटवल । उपेन्द्र यादव नेतृत्व जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज एक विज्ञप्ति जारी गर्दै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् । उनी समानुपातिकबाट सांसद बनेकी हुन् । प्रत्यक्षबाट सांसद बनेका अहिर भण्डारी लाल र आदेश अग्रवालले […]

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ खेलाडीले क्यानडामा हुने ग्लोबल टी–२० लिग खेल्ने भएका छन् । रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल टी–२० लिग खेल्नेछन् । सन्दीप र दीपेन्द्र टीम भ्यानकुभर नाइट्समा आवद्ध भएका छन् भने रोहित टोरन्टो नेसनलमा आवद्ध भएका छन् । सन्दीप र दीपेन्द्रले यसअघि नै […]

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईएल टी २० लिग खेल्ने भएका छन् । यूएईको इन्टरनेसनल लिग टी २० मा उनलाई क्लब गल्फ जायन्ट्सले टिममा पुनः राखेको हो ।गल्फ जायन्ट्सले नेपालका अलराउन्डर ऐरीसहितको सूची सार्वजनिक गरेको छ । ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्ट्सबाट ६ टिम सम्मिलित आईएल लिग खेलेका थिए । […]

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्ति सरकार वा गठबन्धनमा समस्या आएको भन्ने नबुझ्न आग्रह गरेको बताएका छन्। बिहीबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा राजीनामा पत्र बोकेर हिँडेको कुरा रास्वपाको मूल स्वभाको निरन्तरता रहेको बताए। ‘त्यसको मोटिभ हामीले राम्रो काम गर्न सकेनौं भने वा काम गर्न पाइएन, सकिएन भने […]

-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो । लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन […]

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले […]