यो साता एसईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो साताभित्र २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । अब रुजु र प्रोसेसिङको काम मात्र बाँकी रहेको उनले बताए । यो काम टुङ्गिएपछि सिस्टममा इन्टी गर्ने उनले बताए । करिब ३ दिनको हाराहारीमा सबै काम सकिनेपौडेलले जानकारी दिए ।

बिज्ञापन

बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा प्रकाशन गर्न लागेको छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनुपर्ने छ । त्योभन्दा कम आएमा नट ग्रेडेड (एनजी ) लेखिने छ । एनजी आएका विद्यार्थीले पुन: ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

बिज्ञापन

गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ९१ हजार ४९७ विद्यार्थीले परीक्षा दिएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु