काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयले देशभर चर्चा पाएको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद्ले सुशासनका लागि आवश्यक निर्णय लिएको बताउँदै सरकारको बचाउ गरेका छन्। तर, यो निर्णयलाई लिएर राजनीतिक दलभित्रै मतभेद देखिएको छ भने सर्वसाधारण पनि आक्रोशित देखिएका छन्। ‘मन्त्रिपरिषद्ले जे […]

काठमाडौं । सत्तारुढ दलको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका […]

काठमाडौं, चैत – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि नेपाली कांग्रेसका सांसद दीपक गिरिले आपत्ति जनाएका छन्। उनले सरकारको निर्णयलाई ‘अति भयो, खति हुन्छ’ भन्दै कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै गिरिले भने, अति भयो! अति भयो! अति भए, खति हुन्छ!! यहाँ धेरै कुराहरू अति भईरहेका छन्!!उनले घिसिङलाई हटाउनु […]

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना कर्मचारीहरूको तलब भुक्तानीमा भएको ढिलाइप्रति सरकारलाई कडा चेतावनी दिएका छन्। तीन महिनादेखि तलब नपाएका महानगरका सरसफाइ कर्मचारीहरूको समस्या सरकारले नसुनेको भन्दै उनले लेखे – अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने, सबैलाई टुकुचामा गाडिदिन्छु! त्यसपछि हेरौं तिमीहरूको के–के तन्त्र हो प्रशासकीय प्रमुख नहुँदा महानगरका कर्मचारीहरूको तलब […]

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउने विषयमा सिंहदरबारमा शीर्ष नेताहरूको छलफल सुरु भएको छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । त्यस्तै गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव शक्ति बस्नेत र पूर्वसंविधानसभा सदस्य खिमलाल देवकोटा छन् । बैठकमा संक्रमणकालीन न्याय र समसामयिक […]

काठमाडौं – ‘अमेरिका पुगेर राम्रै कमाइ हुन्छ, परिवारको भविष्य उज्ज्वल हुन्छ’ भन्ने सपना बोकेर हजारौँ नेपालीहरूले अवैध बाटो रोजिरहेका छन्। तर वास्तविकता निकै दर्दनाक छ। लाखौँ ऋण गरेर, अनेकौं जोखिम मोल्दै अमेरिका पुग्ने क्रममा कतिपय पक्राउ परेर नेपाल फर्काइन्छन्, भने कोही अमेरिकामा काम नपाएर थुनिने वा डिपोर्ट हुने अवस्थामा पुगेका छन्। रुकुमको बाफीकोट झुलाका सीताराम […]

गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो। अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए। उनका अनुसार हाल सात वटा दमकलले आगो निभाइरहेका छन्। दाङको […]

नेपालले आवशयक सुधार नगरे अझै लामो समयसम्म आर्थिक वृद्धिदर चार प्रतिशतमै सीमित रहन सक्ने विश्व बैंकले उल्लेख गरेको छ। ‘नेपालको १६औं आवधिक योजनाले सन् २०२९ सम्म आर्थिक वृद्धिदर ऐतिहासिक औसत दरभन्दा निकै उच्च हुने गरेर ७.१ प्रतिशतको लक्ष्य लिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, आवश्यक सुधार नगर्ने हो भने लामो अवधिसम्म नेपालको औसत वृद्धिदर चार […]

सल्यान। सल्यानमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सिद्धकुमाख गाउँपालिका–३ गतियानास्थित तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सोमबार बिहान ११ बजेततिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जीपमा चालकसहित १८ जना सवार थिए । बे्रक फेल भएर गाडी सडकको भित्तामा ठोक्किएर सडकमै पल्टिएको थियो । […]

काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गरेका छन्। आइतबार मेयर शाहलाई १८ जना वडाअध्यक्ष र ५ जना कार्यपालिका सदसयहरूले संयुक्त हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएर कार्यपालिका बैठक माग गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। महानगरमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहनुको कारण के हो भन्दै ज्ञापन पत्र बुझाएको उनले बताए। ‘कार्यकारी […]