Author: सुधार आवाज
काठमाडौँ । सरकारले आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ । बुधवार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरूका सम्बन्धमा सरकार संवेदनशील रहेको र यथोचित सम्बोधन हुने भन्दै आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरिएको जानकारी दिए । संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा […]
काठमाडौं । पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षकहरू आफ्ना मागहरू लिएर राजधानी काठमाडौंमा जारी १५ दिन लामो आन्दोलनमा रहेका छन्। यस आन्दोलनले न केवल शिक्षा क्षेत्रमै प्रभाव पारेको छ, बरु लाखौं विद्यार्थीको भविष्यमा पनि अन्योलता सिर्जना गरेको छ। यसै सन्दर्भमा नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले शिक्षकमाथि भइरहेको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेका […]
काठमाडौँ । सुनको मूल्य तोलाको रु एक लाख ८७ हजार पुगेको छ । यो हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको […]
दाङ, शान्तिनगर — बेलायतको Royal Borough of Greenwich का मेयर श्री जित राणाभाट र दाङ शान्तिनगर गाउँपालिका अध्यक्ष श्री प्रमोद बस्नेतबीच हालै विशेष भेटघाट सम्पन्न भएको छ। भेटघाटका क्रममा शान्तिनगर गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल सुन्दरा देवी मन्दिरको विषयमा चर्चा गर्दै अध्यक्ष बस्नेतले त्यस मन्दिरसँग सम्बन्धित मायाको चिनो मेयर राणाभाटलाई प्रदान गर्नुभएको थियो। साथै, […]
ललितपुर । ११ वर्षीया दुर्गा बोहराको हत्या घटनामा संलग्न भएको आरोपमा उनका १५ वर्षीय दाइलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, चैत ४ गते रातिदेखि हराएकी दुर्गा बोहरा सम्बन्धी खोजतलासका क्रममा उनको शव चैत २९ गते ललितपुर महानगरपालिका–९, खपिन्छेँस्थित एक पुरानो घरको भुईँतलामा रहेको पानी ट्याङ्कीभित्र सडेगलेको अवस्थामा फेला परेको थियो। […]
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वैशाख १७ गते दिउँसो १ बजे सानेपास्थित बीपी स्मृति भवनमा बस्नेगरी बोलाइएको हो । राजनीतिक अवस्था, सरकारको समीक्षा र महाधिवेशन हुन नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णयका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसले जनाएको छ । सरकारको प्रभावकारीताबारे पार्टीभित्रबाटै आलोचना बढेपछि त्यस विषयमा समेत […]
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा खड्ग केसीलाई नियुक्त गरेको छ । केसी हाल विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज केसीलाई कार्यवाहक रहने गरी अर्को व्यवस्था नहुन्जेलसम्मका निम्ती जिम्मेवारी तोकेका हुन । यसअघि उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि उपकुलपति पद रिक्त छ । शिक्षाध्यक्षको जिम्मेवारीमा आएपछि […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आज एक घण्टा लामो भेटवार्ता भएको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिनुभयो । सरकारको बिषयमा अनेकल आशंका भै रहेका बेला दुई शिर्ष नेताबिच भेटवार्ता भएको हो । नेता भट्टराईका अनुसार दुई नेताबीच सरकारलाई […]
सोमबार बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सलमानको लागि यो म्यासेज वडोदरा नजिकैको एउटा गाउँबाट पठाइएको थियो । म्यासेज पठाउने व्यक्ति २६ वर्षका छन् । अप्रिल १४ मा उनले मुम्बईको वरली क्षेत्रमा रहेको यातायात विभागको आधिकारिक व्हाट्सएप नम्बरमा एउटा म्यासेज पठाएका थिए, जसमा सलमान खानलाई उनको घर भित्र […]
भारतको दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार राति एक युवतीको गोली हानी हत्या भएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । ‘लगभग आधा घण्टा अघि हामीलाई फोन आयो । हामीलाई भनिएको थियो कि एक जना युवतीलाई गोली लागेको छ । यो घटना जीटीबी एन्क्लेभ क्षेत्रमा भएको हो,’ दिल्लीको शाहदराकी अतिरिक्त डीसीपी नेहा यादवले […]











