११ वर्षीया बालिकाको शव ट्याङ्कीमा फेला, दाइ आरोपी

ललितपुर । ११ वर्षीया दुर्गा बोहराको हत्या घटनामा संलग्न भएको आरोपमा उनका १५ वर्षीय दाइलाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, चैत ४ गते रातिदेखि हराएकी दुर्गा बोहरा सम्बन्धी खोजतलासका क्रममा उनको शव चैत २९ गते ललितपुर महानगरपालिका–९, खपिन्छेँस्थित एक पुरानो घरको भुईँतलामा रहेको पानी ट्याङ्कीभित्र सडेगलेको अवस्थामा फेला परेको थियो।

बिज्ञापन

दुर्गाकी आमाले छोरी हराएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएको आधारमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानको क्रममा मृतकका दाइ घटनामा संलग्न रहेको प्रमाण फेला परेपछि उनलाई मंगलबजार क्षेत्रबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु