काममाडौं । वन तथा वातावराणमन्त्री ऐन बहादुर शाहीले चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरेका छन् । बिहीबार अवलोकनपछि सञ्चाकर्मीहरुसँगको कुराकानीमा उनले आगलागीपछि निरन्तर रुपमा त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अत्यन्तै जटिल रहेको बताए । त्यस्तै उनले प्रारम्भिक क्षति मुल्याङकनमा करिब २८ करोडको हाराहारीमा क्षतिको बिवरण […]

कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यन्नमध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो वर्ष कर्णालीमा सबैभन्दा बढी दुई लाख ५८ हजार ८७६ मेट्रिक टन मकै उत्पादन भएको छ । कर्णालीमा ८२ हजार ८०८ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको मन्त्रालयअन्तर्गत कृषि निर्देशनालयले जनाएको छ । मकैपछि […]

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (आएटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताउनुभएको छ । थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीले मानवीय सुख, […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं हाजिर गर्न पुगेलपछि उत्पन्न तनावकाबीच बैठक सुरु भएको छ । उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा केहीबेरअघि बैठक सुरु भएको हो । गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका थिए । बिहीबार हाजिर गर्न पुगेका गुरागाईंलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तनावकाबीच कर्मचारीहरूले […]

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगर पुगेका छन् । बिहीबार मध्याह्न महानगर पुगेका उनलाई कर्मचारीहरूले स्वागत गरेका छन् । नगरप्रहरीले उनलाई कार्यालय प्रवेशमा रोक लगाएको थियो । तर, नगरप्रहरीको घेरा तोडेर उनी कार्यालय प्रवेश गरेका छन् । उनलाई कर्मचारीहरूले सहयोग गरेका थिए । ०८१ पुस १४ गते निलम्बनमा परेका […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर हुन नदिन महानगर प्रहरी परिचालन गरेका छन् । वडाध्यक्षहरु र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई हाजिर गराउने तयारीस्वरुप कमलादीस्थित महानगरपालिकाको कार्यालयमा जम्मा भएपछि मेयर बालेनले नगर प्रहरी परिचालन गरेका हुन् । महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ महानगरमा आउनैपर्ने […]

काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । बैंककमा आयोजित छैठौँ बिमस्टेक समिट अन्तर्गत आज २० औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले बिमस्टेकले बंगालको खाडी क्षेत्रका नागरिकको साझा आकांक्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र सामूहिक […]

काठमाडौं । राजा पुनःस्थापनाको मागसहित भएको हिंसात्मक आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. राजकुमार राई पक्राउ परेका छन्। काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। रास्वपाको खोटाङ निर्वाचन क्षेत्र समिति संयोजकसमेत रहेका राई राप्रपाका केही नेताहरूसँगै पक्राउ परेका हुन्। प्रहरीका अनुसार, उनीमाथि […]

नयाँ वर्ष २०८२ को अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव आयोजना गरिँदैछ। पर्यटन प्रवर्द्धन तथा लोपोन्मुख चौँरी संरक्षणका लागि महोत्सव आयोजना गर्न लागिएको हो। फालेलुङ गाउँपालिकाले फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब, तथा कञ्चनजङ्घा चौँरीपालन तथा संरक्षण संस्थाको सहकार्यमा महोत्सवको आयोजना गर्न लागेको जनाएको छ। स्थानीय व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता संस्थाहरूको […]

विगत केही दिनदेखि बढेको वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा देखिएको बाक्लो तुवाँलो हट्न अझै केही दिन लाग्ने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली देखिएको छ। मौसमविद् बिनु महर्जनका अनुसार भोलि शुक्रबारदेखि वायुको वेग बढ्ने सम्भावना रहेकोले […]