Author: सुधार आवाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टि जनाउँदै भन्नुभयो, “उहाँ मैले बनाएको मन्त्री हो । मैले काम […]
काठमाडौँ । धनुषामा विष सेवनबाट तीन बालबालिकाको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको हो । प्रहरीका अनुसार सुशीलकी श्रीमती ३० वर्षीया पविता साहको अवस्था गम्भीर छ । […]
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेलामा शिक्षकहरु सडकमा रहेको र शिक्षकका मागहरु कुल्चिएर प्रधानमन्त्री हिँडेको आरोप लगाउनु भयो । उहाँले सरकारको मन्त्रीले राजीनामा दिनु झनै दुःखद् […]
काठमाडौं । मधेश प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त कमलकुमार उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई दिनअघि मात्र अध्यक्षमा नियुक्त भएका उपाध्यायलगायत विरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएसँगै उपाध्याय मधश प्रेस काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बन भएका छन् । उपाध्यायलाई जनकपुरधामस्थित मुख्यमन्त्री तथा […]
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी अहिलेको सरकार हटाएर काँग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताउनु भयो । उहाँले काँग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । पटक-पटक सरकारसँग […]
काठमाडौँ । काठमाडौँको तीनकुनेमा आयोजित पूर्वराजा समर्थक प्रदर्शनमा संलग्न भइ राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती निवासी तेजेन्द्र रायमाझी रहेका छन्। उनलाई जोरपाटी क्षेत्रबाट नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिनुभयो। रायमाझी दुर्गा प्रसाईं निकट मानिन्छन्। उनी ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको सुनुवाई सकिएको छ । सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा रवि लामिछानेको निवेदनको सुनुवाई सकिएको हो । यस निवेदनमा आजै फैसला आउने सम्भावना रहेको छ । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको रिट दर्ता गरेकी थिइन् । सहकारी ठगी प्रकरणमा उच्च अदालत […]
काठमाडौं । काठमाडौंमा एक महिनादेखि सवारी आवागमन अस्तव्यस्त बनेको छ । विभिन्न नाममा भइरहेका आन्दोलनले काठमाडौं उपत्यकामा सवारी जाम अत्यधित बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले विभिन्न आन्दोलनका नाममा सडक प्रयोग हुँदा सवारी आवागमन भद्रगोल बनेको बताए । “पछिल्लो समय सडकमा अत्यधिक जाम बढेको छ । यसले […]
सल्यान । सल्यानको शारदा नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका–७ का २८ वर्षीय सन्तोष बिष्टको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार बिष्ट पाँच जनाको समूहसहित शंखमूलस्थित शंखपार्क नजिकैको शारदा नदीमा करेन्ट लगाई माछा मार्न गएका थिए। माछा मार्ने क्रममा ढुंगाबाट चिप्लिएर नदीमा डुबेका […]











