काठमाडौँ । पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेका छन् । महासङ्घका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको महासचिव […]

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा आज सञ्चारकर्मी, सञ्चारमाध्यम, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा वकालत गर्ने अगुवा एवं आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै उहाँले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सभामुख घिमिरेले सन्देशमा […]

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकार एक्लैले मात्र जनअपेक्षाअनुसार काम गर्न नसक्ने भन्दै सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । छायाँ नेपालको १०औँ वार्षिकोत्सवमा अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइ, खानेपानी, विपद् व्यवस्थापनलगायत क्षेत्रमा गैरसरकारी क्षेत्रको भूमिका पनि महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । मन्त्री शाहीले भन्नुभयो, “मुलुक समृद्धिका लागि […]

काठमाडौँ । सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेकी सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । नेपाली कांग्रेसकी सांसद राई गत शनिबार कपनबाट पक्राउ परेकी थिइन् । उनीमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको छ ।नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति पौडेलले परिवर्तन र उपलव्धीप्रति जनतालाई […]

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा सम्भावना नभएका परियोजनाहरु खारेज गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन व्यवस्थालाई प्रवद्र्धन गर्ने संविधानको समीक्षा गर्ने, कार्यान्वयनका कमीकमजोरी सुधार गर्न पहल गर्ने र विकास निर्माणमा देखापरेका कमीकमजोरी सुधारका लागि विकासको ढाँचा, गति र प्रवृत्ति परिवर्तन गर्ने […]

काठमाडौँ । समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई राहत दिन कोष स्थापना गरिने भएको छ । सरकारले प्रस्तुत गरेको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो कोष स्थापना गर्ने घोषणा गरिएको हो । यसअघि सरकारले सहकारी संस्थाको सम्पत्ति बेचेरै बचत फिर्ता गर्ने बताउँदै आएको थियो । नयाँ नीति तथा कार्यक्रमबाट भने सरकारी कोषबाटै राहत उपलब्ध गराउन लागिएको […]

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिव ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको बताउनुभएको छ । चालु आ.व. को फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड रुपैयाँ भएको तर आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबी सहितको नाफा नोक्शान गणना गर्दा हालसम्म कुल […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाइ सम्बोधन गर्न थाल्नु भएको छ । उहाँले सरकारको आगामी आर्थिक वर्ष २०८२।८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।

काठमाडौँ । सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजश्वको क्षेत्र व्यापक भएको बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हाल नेपालमा वार्षिक ३० अर्ब बराबरको विज्ञापन बजार भएको बताउनु भयो । उहाँले विज्ञापन बोर्डको स्थापनापछि […]