काठमाडौं : वित्त क्षेत्रका सहकारी, लुघवित्त र मिटरब्याजबाट पीडितले पटक–पटक आन्दोलन गरे पनि न्याय पाउन सकेका छैनन्। उनीहरू जब विरोध प्रदर्शनमा उत्रिन्छन् तब सरकारले माग पूरा गर्ने सहमति गर्छ। तर, कार्यान्वयन गर्दैन। ‘बेवास्ता’ को यो सिलसिला वर्षौंदेखि चलिरहेको छ। सरकारको पछिल्लो प्रतिबद्धता पनि पूरा नभएको भन्दै यी तीनै क्षेत्रका पीडित काठमाडौं आएर आन्दोलनमा उत्रिएका थिए […]

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेंगु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ। गर्मी मौसम सुरु भएसँगै डेंगुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो। गत वर्ष गर्मी मौसममा तनहुँ डेंगुबाट आक्रान्त बनेको भन्दै सङ्क्रमितको सङ्ख्या करिब सात हजार पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार डेंगुबाट जिल्लाभर चार जनाको मृत्यु भएको थियो। […]

सल्यान चैत्र २, आज नेपाली कांग्रेस संगठन सुदृढ यात्रा सल्यानको कपुरकोटबाट सुरु गरिएको छ । आज सल्यानको कपुरकोट र त्रिवेणी  गाँउपालिका बाट सुरु गरिएको उक्त नेपाली कांग्रेस सुदृढ यात्रा कर्णालीका १० जिल्लामा गएर टुंगिने छ । नेपाली काँग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीको नेतृत्वमा सुरु गरिएको उक्त अभियानले काँग्रेसलाई चलाएमान बनाउने र युवाहरुमा आशाको किरण […]

काठमाडौँ । सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितहरूबीच आज अर्थ मन्त्रालयमा भएको छलफलमा सहमति जुटेको हो । सहमतिपछि लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले विरोधका कार्यक्रम फिर्ता लिएको छ । लघुवित्त कम्पनीहरूका लागि नियामक नेपाल राष्ट्र […]

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको थियो । एकाघरका दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर मेची इन्टरनेसनल ओभर्सिज प्रालि काठमाडौँमार्फत चार महिनाअघि युएई पुग्नुभएको हो । प्रतिव्यक्ति रु एक लाख ९९ हजारका दरले […]

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन आजैदेखि कार्यान्वयनको तयार थालेका छन् । आयोगले सुन तस्करीमा संलग्नलाई जोगाउने गरी फितलो अनुसन्धान गरिएको ठहर गरेको छ । आयोगले गृहमन्त्री लामिछानेलाई हिजो प्रतिवेदन बुझाएको थियो । लगत्तै उनले लामो समय लगाएर प्रतिवेदन अध्ययन गरेका थिए । प्रतिवेदनले सुन […]

म्याग्दीको रघुगंगा गाउँपालिका–८ राहुघाटखोला हुँदै लेकाली क्षेत्रतफै लैजाँदै गरिएको भेडीगोठ । हिउँदयाममा चरनका लागि बेसीका फाँटमा झारिएको गोठलाई लेकाली क्षेतर्फ लैजान थालिएको छ । तस्बिर : कमल खत्री/रासस

हुम्ला । ‘गाउँ गाउँमा सिंहदरबार र दैलोमा स्थानीय सरकार’ को नारा लगाएपनि दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्युनतम आधारभुत सेवाको अभावमा बसाईं सर्न बाध्य भएका छन् । जलवायु परिवर्तजन्य समस्या र त्यस्ता समस्या खेप्न बाध्य आफ्ना नागरिकलाई सरकारले विशेष सहुलियत प्रदान गर्न नसक्दा अहिले हिमाली क्षेत्रका बस्तीहरु रित्तिन थालेका हुन् । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको […]

काठमाडौं । आज विश्व उपभोक्ता दिवस । उपभोक्ताको हक, अधिकार, कर्तव्य, दायित्वलगायतका विषयमा चर्चा हुन्छ । प्रत्येक वर्ष उपभोक्ता अधिकार दिवसका दिन हुने चर्चा यस्तै छन् । सरकारले उपभोक्ता अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँछ । अधिकारकर्मीहरु ठूलो ठूलो स्वरमा आफ्ना कुरा सुनाउछन्, हामी उपभोक्ता अब सबै ठीक हुन्छ भनेर मख्ख पर्छौं । तर भएको केही […]

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो । शुक्रबार सूचना जारी गर्दै दरखास्त दिन आह्वान गरेको हो । इच्छुक उमेदवारले आउँदो चैत १६ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् ।