नेपाली कांग्रेस संगठन सुदृढ यात्रा सल्यानबाट प्रारम्भ

सल्यान चैत्र २, आज नेपाली कांग्रेस संगठन सुदृढ यात्रा सल्यानको कपुरकोटबाट सुरु गरिएको छ । आज सल्यानको कपुरकोट र त्रिवेणी  गाँउपालिका बाट सुरु गरिएको उक्त नेपाली कांग्रेस सुदृढ यात्रा कर्णालीका १० जिल्लामा गएर टुंगिने छ । नेपाली काँग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीको नेतृत्वमा सुरु गरिएको उक्त अभियानले काँग्रेसलाई चलाएमान बनाउने र युवाहरुमा आशाको किरण जगाउने भावनात्मक रुपमा एकता बनाएर संगठनलाई सुदृढ बनाउने लक्ष्य राखेको छ । कर्णालीका १० वटै जिल्लामा गाउँ गाउँ र टोल टोल सम्म पुगेर आम कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ उर्जा थप्न सल्यानको कपुरकोट देखि हुम्लाको सिमिकोट सम्म यात्रा सुरु गरिएको नेता भुपेन्द्र जंग शाहीले बताएका छन । आज कपुरकोट र त्रिवेणी बाट प्रारम्भ गरिएको उक्त कार्यक्रममा नेता भुपेन्द्र जंग शाही, नेपाली काँग्रेस सल्यानका  सभापति केश बहादुर बिष्ट, नेपाली कांग्रेस सल्यानका नेता खेम बहादुर रावत, करुणा खडका र अन्य नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

बिज्ञापन

तस्बिरहरु:-

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु