आर्थिक
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री सिफारिस गरेका खगेन्द्र सुनारविरूद्ध तीनवटा अदालतमा मुद्दा चलिरहेको तथ्य खुलेको छ। सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य फेला परेको हो। दलित अभियानी सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस गरिएको थियो। उनको अहिले साढे २ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ। सुर्खेत जिल्ला […]
सल्यान, भैलो खेल्ने रमाइलो माहोलमा परेको एउटा घटनाले स्थानीयस्तरमा प्रहरी र नागरिकबीचको सम्बन्धबारे प्रश्न उठाएको छ। हिजो राति करिब ७:३० बजे सल्यानको खलंगामा जिल्ला प्रहरी कार्यालयका DSP डाक्टर हेम केसीको नेतृत्वमा भैलो कार्यक्रम भइरहेका बेला एक सर्वसाधारण नागरिक टेकराज शाहीले आत्म–सम्मानमा ठेस पुग्ने गरी व्यवहार भएको आरोप लगाएका छन्। शाहीका अनुसार, परिवारका सदस्यहरू सहित छिमेकमा […]
काठमाडौं । सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर सुनिलकुमार शर्माले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्कालीन संकट समाधानका लागि अन्तरिम सरकार गठनदेखि संविधान संशोधनसम्मका ठोस कदम चाल्नुपर्ने बताएका छन् । शुक्रबार विज्ञप्ति जारी गदै सांसद शर्माले आन्दोलनमा मारिएका र घाइते भएका युवाहरु प्रति दुःख व्यक्त गर्दै भने, […]
६ भदौ, बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई रुपन्देही प्रहरीले प्रहरीले पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निकट सहयोगी तथा पार्टीका पूर्व केन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकी सरकारले डिपोर्ट (निष्कासन) गरेको छ। ग्रिनकार्ड खारेज गरिएपछि अमेरिकाबाट निष्कासित भएका थापा एक साताअघि काठमाडौं आइपुगेलगत्तै प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा हाजिर भएका थिए। ब्युरोले आवश्यक प्रक्रिया पूरा गरी उनलाई छाडेको छ। म्याग्दी घर भएका थापाको अमेरिकी […]
नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा सांसद डा. सुनिल शर्माले काठमाडौँ मेडिकल कलेजमा एक दाजु-बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण गरिदिएका छन । मोरङ जिल्ला बुडिगंगा गाउँपालिका–१ निवासी ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गर्दै जीवनदान दिएका छन्। यो कलेजो प्रत्यारोपण काठमाडौं मेडिकल कलेजमा दोस्रो पटक सफलतापूर्वक सम्पन्न भएको हो, […]
१९ साउन, काठमाडौं । दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो । उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । उनी […]
कास्की —कास्कीको मादी गाउँपालिका–१२ का वडाध्यक्ष कृष्णराज दाहाल एक वर्षदेखि अमेरिकामा छन् । श्रीमतीलाई डीभी परेपछि गत वर्ष असारमा वडा सदस्यलाई कार्यवाहक दिएर अमेरिका पुगेका दाहाल फर्किएका छैनन् । केही दिनलाई वडा बाहिर रहने भन्दै उनले महिला वडा सदस्य लक्ष्मी गिरीलाई ०८१ असार १६ मा कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए । दाहालले परिवारका सदस्य दुर्घटनामा […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद गरिएका औषधि प्रदेशका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रमा पुर्याइएको बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीलाई उक्त खोप […]
काठमाडौं, असार २८ – नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकहरूप्रति आभार प्रकट गर्दै दुई महत्वपूर्ण योजना सार्वजनिक गरेको छ। तीमध्ये एक हो ४१ दिने विशेष अफर, जसअन्तर्गत नयाँ बचत खाता खोल्ने ग्राहकहरूलाई पहिलो वर्षका लागि डेबिट कार्ड निःशुल्क प्रदान गरिनेछ। बैंकका अनुसार यो अफर असार २८ गतेदेखि भदौ ५ गतेसम्म लागु […]











