नबिल बैंकको वार्षिकोत्सवमा ४१ दिने विशेष अफर र ‘स्मार्ट नारी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौं, असार २८ –
नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकहरूप्रति आभार प्रकट गर्दै दुई महत्वपूर्ण योजना सार्वजनिक गरेको छ। तीमध्ये एक हो ४१ दिने विशेष अफर, जसअन्तर्गत नयाँ बचत खाता खोल्ने ग्राहकहरूलाई पहिलो वर्षका लागि डेबिट कार्ड निःशुल्क प्रदान गरिनेछ।

बिज्ञापन

बैंकका अनुसार यो अफर असार २८ गतेदेखि भदौ ५ गतेसम्म लागु हुनेछ र कुनै पनि बचत योजना अन्तर्गत नयाँ खाता खोल्ने सबै ग्राहकहरूलाई लागू हुनेछ। अफरमार्फत नबिल बैंकले नागरिकलाई आधुनिक बैंकिङ सेवामा अझ सहज पहुँच पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

बिज्ञापन

यही अवसरमा बैंकले महिलालाई लक्षित गर्दै ‘नबिल स्मार्ट नारी घर कर्जा’ योजना पनि सार्वजनिक गरेको छ। महिलाहरूको घरजग्गा स्वामित्वमा पहुँच बढाउने र उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यसहित ल्याइएको यो योजनाअनुसार महिला आवेदकले घर खरिद, निर्माण, मर्मतसम्भार तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको आवास कर्जा सार्नका लागि आकर्षक सर्तमा कर्जा प्राप्त गर्न सक्नेछन्।

उक्त योजनाअन्तर्गत ग्राहकले ७ लाखदेखि ५ करोड रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्। पहिलोपटक घर खरिद गर्ने महिलाका लागि ७० प्रतिशतसम्म कर्जा सुविधा दिइने व्यवस्था गरिएको छ। बैंकले यो कर्जा अधिकतम ३५ वर्षे अवधिमा, कर्जाको आधार दरमा १.५ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउने जनाएको छ।

बिज्ञापन

यस योजनामा पूर्वभुक्तानी शुल्क नलाग्ने व्यवस्था छ भने ग्राहकले आफू अनुकूल किस्ता योजना छनोट गर्न पाउनेछन्। साथै, कर्जाग्राही महिलालाई जीवनभर निःशुल्क क्रेडिट कार्ड र दुई लाख रुपैयाँसम्मको क्रेडिट सुविधा उपलब्ध गराइनेछ।

नबिल बैंकले यी दुबै योजना देशभरका आफ्ना सम्पूर्ण शाखामार्फत कार्यान्वयनमा ल्याउने स्पष्ट पारेको छ। बैंकले ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै डिजिटल तथा समावेशी वित्तीय सेवाहरूमा निरन्तर नवीनता ल्याउने प्रतिबद्धता दोहोर्याएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु