समाचार
मोहन ओली जिल्ला सदस्य, नेपाली कांग्रेस, सल्यान नेपाली कांग्रेस आज गहिरो आत्मसंकटको मोडमा उभिएको छ। पार्टीको शक्ति विचार र सिद्धान्तमा होइन, “फलाना दाइको खास मान्छे” बन्ने प्रवृत्तिमा सीमित हुँदै गएको छ। यही रोगले पार्टीको आत्मा कमजोर बनाउँदै लगेको छ। आज जहाँ गए पनि सुनिन्छ — “म देउवा दाइको मान्छे हुँ”, “थापा दाइसँग नजिक छु”, “कोइराला […]
काठमाडौं – नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीभित्र अवसरको असमानता अहिलेको मुख्य द्वन्द्ध भएको बताएका छन्। उनले भने, “अरु कुरा जे गरे नि, जे भने नि, बारम्बार अवसर पाएका र पटक-पटक अवसर पाउने जति नै योगदान गरेर पनि, अहिलेसम्म कुनै अवसर नपाएका बीचको विभेद र असमानता नै अहिलेको मुख्य द्वन्द्ध हो।” शाहीले यस सन्दर्भमा पार्टीभित्रको […]
सल्यान । शारदा नगरपालिकाले सामुदायिक सहभागितामार्फत विद्यालय भवन निर्माण कार्यको थालनी गरेको छ। २०८२ कार्तिक १० गते शनिबार हिवल्चा स्याला, वडा नम्बर–११ स्थित बालकल्याण आधारभूत विद्यालयको जिर्ण भवन भत्काएर नयाँ भवन निर्माण सुरु गरिएको हो। श्रमदान कार्यक्रमको सुरुवात नगर प्रमुख प्रकाश भण्डारी र जिल्ला प्रहरी प्रमुख डा. हेम केसीले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, […]
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री सिफारिस गरेका खगेन्द्र सुनारविरूद्ध तीनवटा अदालतमा मुद्दा चलिरहेको तथ्य खुलेको छ। सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य फेला परेको हो। दलित अभियानी सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस गरिएको थियो। उनको अहिले साढे २ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ। सुर्खेत जिल्ला […]
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य डा. सुनिल कुमार शर्माले पार्टीको हालको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसभित्र आत्मसमीक्षा र नवनिर्माणको आवश्यकतामाथि जोड दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका विचारहरूमा पार्टी नेतृत्वप्रति आक्रोश, नीति–निर्णयमा देखिएको असफलता, गुटबन्दी, भ्रष्टाचार, सेवा प्रवाहको असमानता लगायत विषयमा तीखा टिप्पणी गरेका छन् । डा. शर्माले […]
काठमाडौं । सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर सुनिलकुमार शर्माले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्कालीन संकट समाधानका लागि अन्तरिम सरकार गठनदेखि संविधान संशोधनसम्मका ठोस कदम चाल्नुपर्ने बताएका छन् । शुक्रबार विज्ञप्ति जारी गदै सांसद शर्माले आन्दोलनमा मारिएका र घाइते भएका युवाहरु प्रति दुःख व्यक्त गर्दै भने, […]
६ भदौ, बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई रुपन्देही प्रहरीले प्रहरीले पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निकट सहयोगी तथा पार्टीका पूर्व केन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकी सरकारले डिपोर्ट (निष्कासन) गरेको छ। ग्रिनकार्ड खारेज गरिएपछि अमेरिकाबाट निष्कासित भएका थापा एक साताअघि काठमाडौं आइपुगेलगत्तै प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा हाजिर भएका थिए। ब्युरोले आवश्यक प्रक्रिया पूरा गरी उनलाई छाडेको छ। म्याग्दी घर भएका थापाको अमेरिकी […]
निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउन सके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेको हुन् । उनले नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष ७५ अर्ब मात्रै रेभिन्यु भित्र्याउनसकेको र १० हजार मेडिकल विद्यार्थीलाई ल्याउन सके […]
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले नेपाली नागरिकले दक्षिण कोरिया आउने क्रममा भोग्नु परेका समस्याबारे त्यहाँका सांसदको ध्यानाकर्षण गराएका छन् । मंगलबार दक्षिण कोरियास्थित संसद भवनमा डेमोक्रेटिक पार्टी अफ कोरियाका सांसद ली योङ्ग सुनसँग भेट गर्दै काठमाडौँस्थित कोरियन दूतावासमा भिसा प्रक्रियाका क्रममा नेपाली नागरिकले भोग्नु परेको कठिनाइ सहजीकरणका लागि आग्रह गरेका हुन् । […]











