काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले नेपाली नागरिकले दक्षिण कोरिया आउने क्रममा भोग्नु परेका समस्याबारे त्यहाँका सांसदको ध्यानाकर्षण गराएका छन् ।
बिज्ञापन
मंगलबार दक्षिण कोरियास्थित संसद भवनमा डेमोक्रेटिक पार्टी अफ कोरियाका सांसद ली योङ्ग सुनसँग भेट गर्दै काठमाडौँस्थित कोरियन दूतावासमा भिसा प्रक्रियाका क्रममा नेपाली नागरिकले भोग्नु परेको कठिनाइ सहजीकरणका लागि आग्रह गरेका हुन् ।
बिज्ञापन
जबाफमा दक्षिण कोरियाली सांसद सुनले यो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको शाहीले रातोपाटीलाई जानकारी दिए ।
भेटवार्तामा नेपाल र कोरियाबिच मैत्रीपूर्ण सम्बन्ध, कोरियाको विकास र प्रविधिबाट नेपालले लिन सक्ने अनुभव, कोरियामा रहेका नेपालीहरूको समस्यामा सहयोग र समन्वयको भूमिकाबारे पनि चर्चा भएको शाहीले बताए ।
बिज्ञापन
कोरिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूलाई सहजीकरण, नेपालको पर्यटन प्रवर्द्धन र विकासका लागि कोरियाको सहयोगजस्ता विषयमा महत्त्वपूर्ण छलफल भएको शाहीको भनाइ छ ।