काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रवार बसेको सभाको बैठकमा कार्यसूचिमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएसँगै बैठक स्थगित भएको हो । प्रमुख प्रतिपष दल नेपाली काँग्रेसले लामो समय यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध सहकारीको रकम अपचलनको आरोप लगाउँदै […]

जनकपुर।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ५ दिनको म्याद थपको लागि सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ । नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । उक्त म्याद सकिएकोले प्रहरीले आज पुन: म्याद थप गर्न उनलाई अदालत ल्याएको छ । सरकारी वकिल कार्यालयले […]

काठमाडौँ । प्रतिनिसभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसले उठेर विरोध जनाए पश्चात संसदमा बोल्दै सभामुखले यस्तो आग्रह गर्नुभएको हो । उहाँले संसद विधिसंगत रुपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले प्रतिपक्ष दलको […]

प्रमुख  प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिको नयाँ कार्यादेश (टीओरआर) प्रस्ताव गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिले पार्टी सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्न समय मागेपछि बैठक केहीबेरलाई स्थगित भएको छ ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गर्नुभएको छ । आज दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी हुनभएको थियो । मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गर्नुभयो । त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न जानुभएको थियो । करिब तीन […]

वीरगन्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि तीन दिन थुनामा राख्न अनुमति दिएका हुन् । नागरिकता कीर्ते सम्बन्धी कसुरमा जिल्ला अदालतको आदेशसँगै सिरोहिया मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ परेका थिए । सिरोहियाले […]

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक केहीबेरअघि सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही […]

काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।सार्वजनिक सम्पत्ति विवरणअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्याल करोडौँको चलअचल सम्पत्ति रहेको खुलेको छ । उनकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर रहेको […]

काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सम्पत्ति विवरण अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको नाममा अचल सम्पत्ति रहेको छैन । उनले काभ्रेमा ९ लाख ९५ हजारमा ८–६–३० क्षेत्रफलको जग्गा किनेको छिन् । उनले उक्त जग्गा […]

काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको उल्लेख गरेका छन् । सार्वजनिक उनको सम्पत्ति विवरणमा उनले आफ्नो पैत्रिक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको […]