सिरहा: सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ । प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार […]

काठमाडौँ । नवलपुरमा बसको ठक्करबाट नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री बलराम पौडेलको मृत्यु भएको छ । गैंडाकोट कालीगण्डकी चोक नजिकै ग १ ख ८५४७ नम्बरको बसले पौडेलसवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मत्यु भएको हो । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको शव […]

काठमाडौँ / माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । बढ्दै गइरहेका जाडो मौसमलाई मध्यनजर गरेर बैङ्कले आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुर जिल्लास्थित श्री आधारभुत विद्यालय (इसिडी–८) सिवाई बेल्हा, त्यस्तै श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थीहरूलाई विद्यालय पोशाक अनुसारको रङ्गको स्वीटरहरू […]

माघ १७, २०८० गोदावरी : नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न ( विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ । विद्युत प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने […]

काठमाडौं । एनसेलको शेयर खरिद बिक्री प्रकरणबारे छानबिन गर्न बनेको समितिले खरिद सम्झौता कानूनसम्मत नभएको भन्दै यथास्थितिमा स्वीकार नगर्न सरकारलाई सिफारिस गरेको छ । समितिका संंयोजक टङ्कमणि शर्मा दङ्गालले सम्झौताका शर्तहरु हेर्दा कानूनसम्मत नभएको भन्दै यो खरिद सम्झौता यथास्थितिमा स्वीकार गर्न सकिने अवस्था नदेखिएको समितिको निष्कर्ष भएको बताउनु भयो । उहाँले वैधानिक अपेक्षाको उल्लंघन भएकोबारे […]

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सव इञ्जिनियर हस्त बहादुर मल्लविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । वडा नम्बर ७ र ८ […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणको हुने गर्छ । विमानस्थलमा हाल राज्यका तीन निकाय पर्यटन, गृह मन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारी छन् । उनीहरूको काम, कर्तव्य र भूमिका फरक–फरक छ । पर्यटन मन्त्रालयअन्तर्गतको प्राधिकरणका कर्मचारीले विमानस्थलको व्यवस्थापन र सञ्चालन गर्छन् । गृह मातहत प्रहरी […]

  रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ४, गढवा टोलमा एक जना विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । मृतकको माइती पक्षले दाइजोको निहुँमा हत्या भएको आरोप लगाएको छ । मौलापुर नगरपालिका, बौधाटोल घर भइ हाल गौर–४ मा बस्दै आएका सुनिल बैठाकी २१ वर्षीय श्रीमती पुनम बैठा दुई दिन अघि आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा […]

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ। खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी kyc विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। […]

ललितपुरको एक अपार्टमेन्टमा जर्मन महिला मृत फेला परेकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ती महिला जर्मन हुन् र आफ्नो अपार्टमेन्टमा सोमवार मृत फेला परेकी हुन् उनको विषयमा प्रहरीले पूरा विवरण जानकारी गराएको छैन। एसएसपी शेखर खनालको टोली भने घटनास्थलमा जान लागेको ललितपुर प्रहरी परिसरले जनाएको छ। साभार  नागरिक दैनिक