माछापुच्छ्रे बैङ्कले गर्यो  विभिन्न विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा बितरण

काठमाडौँ / माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

बढ्दै गइरहेका जाडो मौसमलाई मध्यनजर गरेर बैङ्कले आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुर जिल्लास्थित श्री आधारभुत विद्यालय (इसिडी–८) सिवाई बेल्हा, त्यस्तै श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थीहरूलाई विद्यालय पोशाक अनुसारको रङ्गको स्वीटरहरू वितरण गरेको हो ।

बिज्ञापन

यसैगरी बैङ्कले मधेश प्रदेशको सिरहा जिल्लास्थित श्री जनता आधारभुत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरूलाई पनि जाडोको न्यानो स्वीटर हस्तान्तरण गरेको छ ।

बिज्ञापन

बैङ्कले विद्यालयहरूसँगको समन्वयमा ती विद्यालयहरूमा अध्यनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै जम्मा ३१० थान स्वीटर वितरण गरेको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत देशका सातै प्रदेशहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै  शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका  अन्य कामहरूमा स्थानिय निकायहरूसंग सहकार्य आईरहेको छ ।

बिज्ञापन

News1.JPG

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैङ्किङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैङ्कले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १२७ शाखारहित बैङ्किङ्ग सेवा, २०३ एटिएममार्फत १५ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु