ललितपुरको एक अपार्टमेन्टमा जर्मन महिला मृत फेला परेकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ती महिला जर्मन हुन् र आफ्नो अपार्टमेन्टमा सोमवार मृत फेला परेकी हुन् उनको विषयमा प्रहरीले पूरा विवरण जानकारी गराएको छैन। एसएसपी शेखर खनालको टोली भने घटनास्थलमा जान लागेको ललितपुर प्रहरी परिसरले जनाएको छ। साभार  नागरिक दैनिक

  न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानिको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गरेका छन् । फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उनले बताए । […]

जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी′गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने एक सरकारी अधिकारीले शुक्रबार बताएका छन् । इशिकावा प्रान्तमा केन्द्रविन्दू रहेको […]

काठमाडौं, ९ माघ । क्यानडा सरकारले नयाँ विद्यार्थी भिसा घोषणा गरेको छ । यसअन्तर्गत विद्यार्थी भिसा ३५ प्रतिशतले घटाइएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनलाई रोक्न र संस्थागत कमजोरीहरूलाई सम्बोधन गर्ने प्रयासमा, अध्यागमन मन्त्री मार्क मिलरले आगामी दुई वर्षमा दिइने विद्यार्थी भिसाको संख्यामा सीमा तोकेको बताइएको छ । २०२४ को लागि, संघीय सरकारले ३ लाख ६० […]

काठमाडौं । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो । त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको […]