एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज पञ्जाब किंग्स (पीबीकेएस) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच खेल हुँदैछ । महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मोहालीमा हुनलागेको खेल नेपाली समय अनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ । पञ्जाबले आइपिएलमा हैदरावादविरुद्ध ६६ प्रतिशत खेल जितेको छ। १७ औं सिजनमा दुवै टोलीले अहिलेसम्म २–२ खेल जितेका […]

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग ‘रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा तथा उद्दार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन अनुरोध गरेको छ । अभियानले आज मन्त्री लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्दार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर […]

ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् । बुधबार बिहान ताइवानको […]

फोर्ब्स म्यागजिनले डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ। फोर्ब्सले यो वर्षको मार्चदेखि स्टक मूल्य र विनिमय दरहरूको आधारमा विश्वका डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको हो। यो वर्ष डलर अर्बपतिहरूको संख्या १४१ जना बढेको छ। अघिल्लो वर्ष २ हजार ६४० जना डलर अर्बपति रहेकामा यसपालि बढेर २ हजार ७८१ जना पुगेका छन्। लुई भिटन तथा सेफोरा […]

एजेन्सी । हालै छिमेकी राष्ट्र भारतले सबैभन्दा बढी जनसंख्या भएको देशको उपाधि हासिल गरेको छ । भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । युनिसेफका अनुसार भारतमा हरेक दिन ६८,५०० बालबालिका जन्मिन्छन्, तर के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि यस्तो पनि देश छ जहाँ कुनै बच्चा जन्मिएको छैन । यो अलि अनौठो लागेपनि यो […]

काठमाडौं । रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छ । मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई आग्रह गरेको छ । मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा थिएनन् । रुस सरकारले आधिकारिक मृत्यु प्रमाणपत्र जारी […]

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फेरि समस्या देखिएको छ । प्रयोगकर्ताहरूले अरूको कभर फोटो नदेखाएको, सर्च हिस्ट्री नदेखिएको, स्टोरी लोड नभएको जस्ता गुनासो गरिरहेका छन् । यद्यपि, आफ्नो कभर फोटो भने हेर्न मिल्छ । वेबबाट फेसबुक चलाउने प्रयोकर्ताहरूले भने अनलाइन सूची देखिरहेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा विश्वभरका १० हजारभन्दा धेरै […]

काठमाडौं । रुसको राष्ट्रपतिमा पुन: भ्लादिमिर पुटिन विजयी भएका छन् । नियन्त्रित रुपमा गरिएको चुनावमा पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जित हात पारेका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले पुटिनले ८७.३ प्रतिशत मत सहितसहित विजयी भएको जनाएको छ । जीतपछि पुटिन अब […]

काठमाडौं । रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको युद्धमा प्रयोग भइरहेका नेपाली नागरिकले स्वदेश फर्काइदिने पहल गरिदिन दिनदिनै जसो हारगुहार गरिरहेका छन् । उनीहरुले विभिन्न सञ्चारमाध्यमबाट आफ्ना गुनासा मात्र सुनाइरहेका छैनन, उद्धारका लागि भारतको समेत गुहार मागिसकेका छन् । तर नेपाल सरकारले फिर्ता ल्याउन सकेको छैन । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिले दिनदिनै जसो विभिन्न […]

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको थियो । एकाघरका दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर मेची इन्टरनेसनल ओभर्सिज प्रालि काठमाडौँमार्फत चार महिनाअघि युएई पुग्नुभएको हो । प्रतिव्यक्ति रु एक लाख ९९ हजारका दरले […]