सल्यान, बागचौर | सल्यान जिल्लाको बागचौर नगरपालिका–९, छाप खर्सु निवासी लुम बहादुर डाँगीको ब्लड क्यान्सरका कारण आज निधन भएको छ। केही समयदेखि चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत डाँगीको शनिवार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ। लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका डाँगीको आर्थिक अवस्था कमजोर भएकोले उपचार खर्च जुटाउन उनका परिवारले सहयोगको लागि […]

२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालविरुद्धको केहीबेरअघि दर्ता भएकाे अख्तियार उच्च स्राेतले बतायो । नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो […]

काठमाडौं , सर्लाहीको हरिपुर्वा नगरपालिका–५ निवासी अति गरिब र पीडित यादव परिवारका लागि नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा संघीय सांसद डा.सुनिल शर्माले गरेको मानवीय सहयोगबाट सर्लाहीवासीको हृदय छोएको छ। हरिपुर्वा–५ की पविता यादवको जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलीको अप्रेशनपछि अवस्था जटिल भई काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) मा महिनौँसम्म भेन्टिलेटरमा उपचार भएको थियो। दुर्भाग्यवश, […]

नेपाल–जापान सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले काठमाडौंमा एक भव्य सांस्कृतिक कार्यक्रम ‘नेपाल–जापान कल्चरल एक्सचेन्ज प्रोग्राम’ आयोजना गरिने भएको छ। ओजी मिडिया हाउसको आयोजनामा तथा B. To B. Consultancy को मुख्य प्रायोजनमा आयोजना हुने कार्यक्रममा विश्व चर्चित जापानी जादुगर ज्याक १२ (Jack 12) ले प्रत्यक्ष जादु प्रस्तुत गर्नेछन्। ज्याक १२ ती चर्चित कलाकार हुन्, जसले अमेरिकी […]

चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ७५ करोड बराबरको पासपोर्ट (राहदानी) आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १ अर्ब ७५ करोड ५२ लाख ४४ हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट आयात गरेको छ । यसमध्ये १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँको ५८ हजार ७७० केजी […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशसभा सदस्य सरोज कुमार सिंहका निजी सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचारसम्बन्धी अभियोगमा पक्राउ गरेको छ। अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले जेठ १२ गते साँझ जनकपुरबाट कायस्थलाई नियन्त्रणमा लिएको हो। उनलाई सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरूको नाममा आएको रकम आफ्नो र श्रीमतीको खातामा दाखिला गराएको अभियोगमा पक्राउ गरिएको आयोगद्वारा […]

पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्। सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। जिल्ला कारागार बागलुङमा थुनामा रहेका नेपालीलाई आइतबार जिल्ला अदालत पोखरा झिकाएर बयान लिएको थियो। बयान सकिएपछि सोमबार इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले प्रमाण नहुँदा पनि रविविरुद्ध मुद्दा चलाइएको बताएकी छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत निकिताले नियन नै राखेर रविलाई थुनिएको बताएकी छन् । “केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमान्‌विरुद्ध मुद्दा लगाइयो । नियत नै राखेर थुनियो । गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द […]

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकका विषयमा उपमेयर सुनिता डंगोलसहित ४१ सदस्य एकजुट बनेका छन् । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले ६ महिनादेखि कार्यपालिका बैठक नबोलाएपछि उनीहरूले त्यसको माग गरेका हुन् । महानगरका कुल ४२ कार्यपालिका सदस्यमध्ये ४१ जनाले सात दिनभित्र बैठक बोलाउने ‘अल्टिमेटम’सहित पत्र जारी गरेका छन् । सोमबर (जेठ १२) महानगरमा बसेको अनौपचारिक […]

काठमाडौँ । राजधानीको बल्खुबाट प्रहरीले लागु औषध कारोबार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर घर भएर बुढानीलकण्ठ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे घर भएर टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट घर भएर तारकेश्वर बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ घर भएका २५ वर्षीय विजय आले मगर […]