आर्थिक
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको संसदमा पेश गर्नुभएको छ । संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट पेस गर्नुभएको छ ।
काठमाडौँ । आर्थिक वर्ष २०८१–०८२ को बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् । बैठकमा सहभागिताका लागि पौने १ बजेभित्र नै संसद् भवन प्रवेश गरिसक्न सांसदहरूलाई सभामुखले अनुरोध गरेका छन् । #बजेट
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रश्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताउनुभएको हो । अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले […]
काठमाडौँ ।नेपाली सुनचाँदी बजारमा साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य स्थिर रहि शुक्रबार कै रकममा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजाबी […]
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गर्नुभएको छ । यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (२) तथा […]
काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भई हाल सम्म कै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि […]
गलेश्वर । सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । नगरप्रमुख केसीले सङ्गीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । कला, संस्कृतिको संरक्षणका निम्ति नगरपालिकाले तालिम सञ्चालन गरेको उहाँले बताउनुभयो […]
नवलपरासी । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ । प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताउनुभएको छ । जलविद्युत् केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उहाँले बताउनुभएको छ । गत चैत १३ गते नहरमा पानी […]
भन्सार प्रज्ञापनपत्रको ७ नं कोठा को रोचक तथ्य तपाई आयात,निर्यातको काम गर्नु हुन्छ भने पनि थाह नहुन सक्छ भन्सार प्रज्ञापनपत्रको ७ नं कोठा को रोचक तथ्य । ७ नं कोठामा लेखिएको हुन्छ Declarant Reference Number , यो कोठामा भन्सार एजेन्टले प्राय आफुले कतिऔ प्रज्ञापनपत्रको काम गर्दै छु भनेर #१ #२ #७० यस्तै आफ्नो प्रज्ञापनपत्रको संख्या […]
२३ वैशाख, काठमाडौं । बुटवल–नारायणगढ सडक अन्तर्गत पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने) मा आगामी वर्षायाममा समेत सडक पिच नहुने भएको छ । यस आयोजनामा सबैभन्दा धेरै जोखिमपूर्ण मानिने दाउन्ने खण्डमा आगामी वर्षायामलाई ध्यानमा राख्दै ग्राभेल राख्ने र अस्थायी नाली खन्ने कामलाई तीव्रता दिइएको नारायणगढ–बुटवल सडक योजनाले जानकारी दिएको छ । अप्रिल २०२४ सम्मको प्रगति सार्वजनिक गर्दै आयोजनाले […]










