त्रिभुवन बिमान स्थल भन्सार कार्यालयमा गैर एजेन्टको हालिमुहालि , लोक सेवा पास गरी एजेन्ट बनेकाहरु बिदेश जाना बाध्य

भन्सार प्रज्ञापनपत्रको ७ नं कोठा को रोचक तथ्य
तपाई आयात,निर्यातको काम गर्नु हुन्छ भने पनि थाह नहुन सक्छ भन्सार प्रज्ञापनपत्रको ७ नं कोठा को रोचक तथ्य । ७ नं कोठामा लेखिएको हुन्छ Declarant Reference Number , यो कोठामा भन्सार एजेन्टले प्राय आफुले कतिऔ प्रज्ञापनपत्रको काम गर्दै छु भनेर #१ #२ #७० यस्तै आफ्नो प्रज्ञापनपत्रको संख्या अनुसार राख्छन । भन्सार एजेन्ट आफैले भन्सार कार्यालयमा उपस्थित भई काम गर्छ भने #१, #२, #७० यस्तै कोड राख्छ र भन्सार एजेन्टको लाईसेन्स भाडामा लिएर नेपालको भन्सारमा काम गर्ने भारतियहरु र नेपाली गैर एजेन्ट तस्करहरुले यसमा नामको सर्टकट राख्छन जस्तै तस्करको नाम प्रकाश करण महत हो भने PKM1,PKM2 यस्तै कोड प्रयोग गरेर Declarant Reference Number रहेको कोठामा राख्छन । किनकी कर्मचारीले महिनाको अन्तिममा कुन भारतिय र गैर एजेन्टबाट कति वटा प्रज्ञापनपत्र भोरियो भनेर गन्न सजिलो हुन्छ र प्रति प्रज्ञापनपत्र १५०० को रेट ले भन्सार कर्मचारीले सिस्टमको पैसा भनेर माग्छन ।
भन्सार नियमावलिमा भन्सार एजेन्ट भन्सार कार्यलयमा स्वयम उपस्थित भएर कार्य गर्न पर्ने छ भन्ने ब्यबस्था छ ।
नियमावलिमा भएको ब्यबस्थालाई देखाएर झन कर्मचारीको घुस खाने बारगेनीङ क्षमता बढेको छ । कर्मचारीको घुसखोरी ब्यबहारले गर्दा नयाँ भन्सार एजेन्टलाई अनेक तरिकाले भन्सार मुल्याङकन बढाईदिने दुःख दिने गर्छन तर तस्करहरुले ल्यायको सामानको मुल्याङ्कन कम गरिदिने अनि नयाँलाई तिमिहरुले काम गर्न सक्दैनौ भनेर तर्साउने काम पनि भन्सारका कर्मचारी बाट हुन्छ । ब्यापारीले किन नयाँ भन्सार एजेन्टलाई काम दिन्थे जब तस्करले सेटीङ्ग मा आधी मुल्यनै कम गर्दिन्छ ।
भन्सारमा कर्मचारी र बिचौलिया मिलेर लोकसेवा ले लिएको परिक्षा उत्तिण गरी नाम निकालेका अब्बल भन्सार एजेन्टहरु आज धमाधम बिदेश पलाएन भएका छन । भन्सार एजेन्टलाई सके सम्म भन्सार बाहिर राख्दा कर्मचारी र बिचौलियाको रजाई हुने भएकाले बिचौलियालाई भन्सार एजेन्टको लाईसेन्स भाडामा लिएर काम गर्न मिल्ने बाताबरण भन्सार बिभागले मिलाई दिएको छ । प्रज्ञापनपत्रमा भन्सार एजेन्ट भन्सारमा नभएपछी बिचौलियाले भन्सार एजेन्टले हस्ताक्षर गर्न पर्ने ठाँउमा आफैले हस्ताक्षर गरदिन्छन र यस्तो गैरकानुनी प्रज्ञापनपत्रबाट राजश्व संकलन हुन्छ नेपालमा । बिभाग मा बार्षिक आधी भन्दा बढी गैरकानुनी प्रज्ञापनपत्र पुग्छ । भन्सार एजेन्ट स्वयम उपस्थित नभई र भन्सार एजेन्टको किर्ते हस्ताक्षर गरेका प्रज्ञापनपत्र सबै गैरकानुनी हुन र हस्ताक्षर फरेन्सिक ल्याबमा लगेर कुनै निकायले टेष्ट गरिदियोस भविश्यमा ।

बिज्ञापन

गत वर्ष ६६० को सिमित कोटा खुलाएर भन्सार एजेन्टको लाईसेन्स बाडेको बिभागले एक बर्ष नपुग्दै लगभग १०० जना एजेन्टले छोडिसके । भन्सार एजेन्टमा नाम निकालेपछी बिभाग को खातामा ७ लाख को ब्याङ्क ग्यारेन्टी राख्न पर्ने हुन्छ । गरिब जनताका छोराछोरीले ७ लाख रिन झिकेर ब्याङ्क ग्यारेन्टी राखे तर ब्याज तिर्ने पैसा त परै जावोस जिबिका चलाउन नि धौ धौ भयो । कति भन्सार एजेन्ट पलाएन भए के कारणले भए यसको उत्तर दिन पर्छ भन्सार बिभागले ।

बिज्ञापन

नयाँ भन्सार एजेन्टहरु बरोजगार भएर घरमा बस्छन र उता उसैको लाईसेन्स भाडामा लिएर काम गरिरहेका गैर एजेन्ट तस्करलाई भन्सार एजेन्ट मान्छन कर्मचारीहरु । कुनै पनि भन्सारका ऐन कानुन घुस खानलाई बाधा गर्छ भने कर्मचारीले कार्यन्वयन गर्दैनन तस्विरमा हेर्न सक्नु हुन्छ नियम ३७ को उपनियम ९ ले स्पस्ट ब्यबस्था गरेको छ यही ब्यबस्था घुसखोरीलाई टाउको दूखाई भएको छ र बिभिन्न बिचौलिया बसेको कार्यक्रममा गएर भन्सार एजेन्ट भन्सारमा जान नपर्ने अब डिजिटल सिगनेचर ल्यायर उपनियम ९ Deactivate हुन्छ भन्दै बिभागका निर्देशहरु बिचौलियालाई हौसाछन र उर्जा थप्छन । बिभागका डि.जि र निर्देशकहरु लाई प्रत्येक भन्सार कार्यालयले हप्ता उठाएर पाल्न पर्छ। तर ब्यापारीलाई अफठरो पर्ने जनतालाई अफठेरो पर्ने नियम आयो भनै एकैछीनमा कार्यन्वयन गर्छन । भन्सारमा नेपाली एजेन्ट भन्दा बढी भारतिय र तस्करहरु देखिन्छ। भन्सारमा भन्सार एजेन्टको रुपमा बिचौलियालाई प्रबेस गराएपछी बिचौलियालाई धम्काउदै पैसा माग्छन कर्मचारीहरु।
भन्सार नियमावलिमा भएको भन्सार एजेन्ट स्वयम भन्सार कार्यालयमा उपस्थित भई कार्य गर्नुपर्ने भन्ने ब्यबस्था साच्चै कार्यन्वयन नगर्ने नै हो त भन्सार ? अख्तियार ले चिठी काढ्दा पनि नटेर्ने नै हो त? अख्तियारलाई चासो छैन किनकि काले काले सबै मिली खाँउ भाले भन्ने हुन सबै । अब अख्तियार ले चिठी काढ्दा पनि नटेर्ने भएपछी देशमा अब सुशासन छ भनेर भन्न सकियला त । तस्बिरमा देख्न सक्नुहुन्छ अख्तियार ले प्रेसर गरेपछी भन्सार बिभागले औपचारीकतामा मात्र सर्कुलेशन गर्छ तर कार्यन्वयन कहिल्यै हुदैन।

बिज्ञापन

यो देशमा सरकारले SCAM गर्यो ६६० लाई भने सोझा साझा जनताको हाल कस्तो होला ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु