राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारको केन्द्रीय समिति बैठकले प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। उनले पार्टीमा क्रियाशील रहने तर प्रशिक्षण विभाग प्रमुख छाड्ने बताउँदै आएका थिए। ३१ वर्षे बैंकिङ क्षेत्रमा आवद्ध रहेका शाह रास्वपा प्रशिक्षण विभाग प्रमुख बनेका थिए। उनलाई रास्वपाले २०८० असार ७ गते प्रशिक्षण विभाग प्रमुख बनाएको […]

काठमाडौंको तीनकुने घटनामा हाजिर जमानीमा रहेका राप्रपाका दुई नेताहरू सम्पर्कमा नरहेको प्रहरीले बताएको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसदसमेत रहेका महामन्त्री धवलशम्शेर राणा प्रहरीको सम्पर्कमा नरहेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंले गत बिहीबार तीनकुने घटनामा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार ६१ जनाविरूद्ध मुद्दा दर्ता […]

तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यान मुद्दामा प्रतिवादी कायम गरिएको छ । २०८१ चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका ८ जनालाई ज्यान मुद्दामा प्रतिवादी कायम बनाएर अदालतमा अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौँका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले रातोपाटीलाई बताए । आगजनी गरेर पत्रका सुरेश रजकको […]

काठमाडौँ । तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यान मुद्दामा प्रतिवादी कायम गरिएको छ । २०८१ चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका ८ जनालाई ज्यान मुद्दामा प्रतिवादी कायम बनाएर अदालतमा अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौँका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बताए । आगजनी गरेर पत्रका सुरेश […]

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सत्ता सहकार्यका प्रमुख दुई दल (नेपाली कांग्रेस र नेकपा एमाले) का शीर्ष नेताहरूबिच आइतबार छलफल भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का,एमाले उपाध्यक्ष इश्वर पाखरेल,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायत शीर्ष नेताहरूबिच छलफल भएको हो । […]

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पाँच दिने जापान भ्रमण उपलब्धिमूलक रहेको दाबी गरेकी छन् । जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल-जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन्। मन्त्री राणाले भनिन्, ‘यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयहरुका साथै […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहनुभएकी मन्त्री डा राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री […]

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईप्रति कटाक्षपूर्ण टिप्पणी गरेका छन् । उनले बाबुरामलाई मान्छेले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने गरेको टिप्पणी गरेका हुन् । पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग केन्द्रित जागरण अभियान अन्तर्गत बुधबार रुकुम(पूर्व) पुगेका प्रचण्डले प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराई प्रतिक्रियावादीसँग मिलेको समेत आरोप लगाए । […]

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ ग्रहण गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक आउँदै गरेको जानकारी पाएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ […]

काठमाडौं । स्वतन्त्र मेयर बालेन्द्र शाह (बालेन) ले संघीय राजधानी काठमाडौं महानगरपालिकाको बागडोर सम्हालेको तीन वर्ष पूरा भयो । सबैभन्दा बढी बजेट खेलाउने महानगरका मेयर बालेनको तीन वर्षे शासन उतारचढावमै बिते । झन् यतिखेर महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबीच भेटघाट र बोलचालसमेत छैन । अर्थात् महानगर स्वयम् अन्योलग्रस्त छ । यहाँसम्म कि मेयर […]