राजनीति
काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्ने बताउनुभएको छ । सोमबार सिंहदरबारमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०” का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पत्रकारहरुको कारण मिथ्या सूचना फैलिने डरले सरकारी कर्मचारीहरू समितिमा […]
अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ । बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षतापछि दिनुभएको मन्तव्यमा उहाँले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्। आइतबार राति उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए। राणालाई उपचारका निम्ति सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको उनले बताए। ‘उहाँको मुखमा क्यान्सर भएको ठाउँमा मासु पलायो र परीक्षण […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश भ्रमणमा जानु भएका कारण उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको छ। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) अनुसार देउवा स्वदेश फर्कनु नभएसम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको रूपमा जिम्मेवारी दिइएको हो। यो जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनु भएको […]
काठमार्डौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ । यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक -युएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उहाँ त्यसतर्फ लाग्नुभएको हो । नेपाल […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनर्स्थापनाको मागसहित आज गर्न लागेको आन्दोलनको रणनीति परिवर्तन गरिएको छ । यसअघि तीन ठाउँबाट शक्ति प्रदर्शन निकाल्ने तयारी राप्रपाको थियो। तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरिएको हो । अब बालुवाटार र भद्रकालीबाट र्याली निस्कनेछैनन् । राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी […]
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुरुषहरु वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौति दुवै भएको बताउनु भयो । उहाँले महिला उद्यमशीलताका लागि पर्यटन […]
पाेखरा । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा उहाँले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पार्नुभयो । सरकार सहमतिका साथ नै अघि बढीरहेको भन्दै उहाँले भन्नुुभयो, “साथीहरुले […]
राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश इन्चार्ज समेत रहेका संगठन विभाग सदस्य ओमनाथ भण्डारीले राजीनामा दिएका छन् । बिहीबार बसेको केन्द्रीय समिति बैठकले आफूलाई सोध्दै नसोधी कोसी प्रदेश इन्चार्जबाट हटाएको भन्दै उनले केन्द्रीय संगठन विभागबाट राजीनामा दिएका हुन् । आफूसँग परामर्श गरेको भए पार्टी निर्णय स्वीकार गर्ने भन्दै उनले सोध्दै नसोधी गरेको निर्णयमा असहमतिसहित साधारण सदस्यमात्र […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गर्नुभएको छ । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन […]











