काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी अहिलेको सरकार हटाएर काँग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताउनु भयो । उहाँले काँग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान […]

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । पटक-पटक सरकारसँग […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको सुनुवाई सकिएको छ । सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा रवि लामिछानेको निवेदनको सुनुवाई सकिएको हो । यस निवेदनमा आजै फैसला आउने सम्भावना रहेको छ । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको रिट दर्ता गरेकी थिइन् । सहकारी ठगी प्रकरणमा उच्च अदालत […]

काठमाडौं । काठमाडौंमा एक महिनादेखि सवारी आवागमन अस्तव्यस्त बनेको छ । विभिन्न नाममा भइरहेका आन्दोलनले काठमाडौं उपत्यकामा सवारी जाम अत्यधित बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले विभिन्न आन्दोलनका नाममा सडक प्रयोग हुँदा सवारी आवागमन भद्रगोल बनेको बताए । “पछिल्लो समय सडकमा अत्यधिक जाम बढेको छ । यसले […]

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत भएकी अञ्जान शाक्यले शिक्षा मन्त्रालयप्रति आफ्नो रूचि र विज्ञता दुवै नभएको बताएकी छन्। शिक्षा मन्त्रीबाट सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि नयाँ शिक्षा मन्त्रीमा शाक्यको नाम चर्चा हुँदै आएको छ। नेकपा (एमाले) कै कतिपय पदाधिकारीले शाक्य अब शिक्षा मन्त्री हुने चर्चा गरेका थिए। सोही आधारमा पूर्वराजदूतसमेत रहेकी शाक्य शिक्षा […]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। ‘शिक्षक आन्दोलनको मागमा छलफलसमेत गर्न नसक्ने यो राज्य प्रणाली कतिसम्म खोक्रो र कमजोर भइसकेको छ भन्ने स्पष्ट भइसक्यो। शिक्षामन्त्रीले मात्र होइन, अब प्रधानमन्त्रीले समेत नवीन समझदारीका लागि मार्गप्रशस्त गर्ने समय आइसक्यो,’ प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्। संसद्को पहिलो र दोश्रो दलको गठबन्धन सरकारबाट समेत […]

दाङ, गाउँपालिकाले शिक्षक आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै शिक्षा ऐन तत्काल ल्याउन सरकारसँग आग्रह गरेको छ। सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिएको अन्योल हटाउन कानुनी व्यवस्था तुरुन्तै गर्नुपर्ने आवश्यकता औंल्याएको हो। नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौंमा भइरहेको केन्द्रीय आन्दोलनप्रति संवेदनशीलता जनाउँदै गाउँपालिकाले आन्दोलनको जरोमा शिक्षासम्बन्धी ऐन नबन्नु नै प्रमुख कारण भएको स्पष्ट पारेको […]

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको […]

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ । बैङ्ककमा आजदेखि सुरु संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षतापछि दिनुभएको मन्तव्यमा उहाँले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये […]

काठमाडौँ । नेपाली काँग्रेसका सांसद ह्रदयराम थानीले कुटनीति र न्याय सेवालाई छुट दिई अन्य सेवामा कुलिङ पिरियड राख्न नहुने बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै उहाँले संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुने बताउनु भयो । उहाँले सरकारले सबै कर्मचारीहरुलाई समान व्यवहार गर्नुपर्ने बताउनु भयो । […]