राजनीति
काठमाडौं । राज्यका सूचना संयन्त्र अर्थात् गुप्तचर निकाय कमजोर हुँदा संघीय संसद् भवनमा आन्दोलनरत लघुवित्तपीडित प्रवेश गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । गत फागुन १४ गते नयाँबानेश्वरस्थित संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेको घटनाबारे छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा सूचना संयन्त्र कमजोर हुँदा घटना भएको उल्लेख गरिएको हो । समितिले जिल्ला सुरक्षा समितिले सूचना […]
काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्ने छ । प्रतिनिधिसभा बैठकमा आज मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम छ । बैठकमा शून्य समय, विशेष समयसहित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ.एस.ए.) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव […]
काठमाडौं । सत्ता गठबन्धन पाँच दलले आज साझा न्यूनतम् कार्यक्रम सार्वजनिक गर्दै छन् । प्रधानमन्त्री कार्यालयले बिहान १० बजे साझा न्यूनतम् कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले साझा कार्यक्रम सार्वजनिक गर्ने छन् । न्यूनतम् साझा कार्यक्रममा देशको […]
काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । […]
काठमाडौं । रुसको राष्ट्रपतिमा पुन: भ्लादिमिर पुटिन विजयी भएका छन् । नियन्त्रित रुपमा गरिएको चुनावमा पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जित हात पारेका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले पुटिनले ८७.३ प्रतिशत मत सहितसहित विजयी भएको जनाएको छ । जीतपछि पुटिन अब […]
काठमाडौं । रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको युद्धमा प्रयोग भइरहेका नेपाली नागरिकले स्वदेश फर्काइदिने पहल गरिदिन दिनदिनै जसो हारगुहार गरिरहेका छन् । उनीहरुले विभिन्न सञ्चारमाध्यमबाट आफ्ना गुनासा मात्र सुनाइरहेका छैनन, उद्धारका लागि भारतको समेत गुहार मागिसकेका छन् । तर नेपाल सरकारले फिर्ता ल्याउन सकेको छैन । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिले दिनदिनै जसो विभिन्न […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्न सरकारले संवद्ध पक्षसँग आवश्यक पहल तथा समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आईतवार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै यस्तो बताउनुभएको हो । उहाँले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निम्ति आफूले पहल गरेको स्मरण गर्दै उहाँले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र विमानस्थलको खर्चबारे […]
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको पाइएको छ । सो ठेकेदार कम्पनीको प्रतिनिधिका रुपमा […]
पोखरा । पोखरामा उद्यमी तथा व्यवसायीले सरकारको उचित नीतिको अभावले व्यापार व्यवसाय धरासायी हुँदै गएको गुनासो गरेका छन् । शनिबार बाह्रखरी मिडियाले पोखरामा आयोजना गरेको योङ लिडर्स विथ इन्टरप्रेनर्स कार्यक्रममा कोभिड र तत्कालीन सरकार–माओवादीको सशस्त्र द्वन्द्वको समयमाभन्दा पनि अहिले आर्थिक संकट चुलिएको उनीहरूको भनाइ छ । राजनीति तथा तथा सरकारले व्यसायीका गुनासा नसुन्ने तथा आवश्यक […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ । बाह्रखरी मिडियाद्वारा कास्कीको पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्रीले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने भन्दै त्यसका लागि व्यवसायीले ढुक्क भएर लगानी गर्नुपर्ने बताउनुभयो । “देशमा लगानीको वातावरण बनेको […]











