काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रीको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको संख्या बढाउने बताएका छन् । शनिबार जनकपुर–जयनगर रेल्वेको अनुगमन एवं निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन् । यात्रीको चाप बढी भएको कुरा आइरहेको उनले उल्लेख गरे । यात्रीलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने उनले सुनाए […]

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरू कुनै दलको पछि नलागेको बताएका छन् । सँगै हिड्ने कोसिस थालेको उनको भनाइ छ । “हामी प्रश्नरहित छैनौँ । कुनै दलको पछि लागेका होइनौँ । सँगै हिड्ने कोसिस थालेका हौँ । सँगै हिँड्न नसकेका दिन सहयात्रा टुंगिन्छ,” राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने […]

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । नयाँ सत्ता समिकरण बने लगत्तै चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले सो आयोग विघटन गर्ने निर्णय गरेको हो । एक साता भित्र पुन: आयोग गठन गर्नेगरी सो आयोग विघटन गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । […]

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमार्फत उक्त जग्गा सरकारीकरण गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै भूमि सुधार तथा मालपोत कार्यालय, डिल्ली बजारले बाँसबारी छाला जुत्ता कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा लिने निर्णय गरेको प्रमुख […]

गृह मन्त्रालयले सञ्चार माध्यमको कन्टेन्ट अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीलाई दिएको निर्देशन विवादमा परेको छ। संविधानसँग बाझिने गरी गृहले सिडिओ र प्रहरी प्रमुखलाई सञ्चार माध्यमको कन्टेन्ट अनुगमन र सोमाथि कारबाही गर्ने अधिकार दिएको छ। सञ्चार माध्यमलाई नियमन गर्ने काम प्रेस काउन्सिलको हो। तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको बैठकको निर्णयअनुसार भनेर सिडिओलाई पठाएको निर्देशनमा […]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा संयमता जरुरी रहेको बताउनुभएका छ । अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो । लोकतन्त्र सरकारबाट हट्नु पर्‍यो भनेर निहुँ खोजेर, संसद् अवरुद्ध गर्ने विषय नभएको बताउनुभयो । ‘निहुँ खोज्ने, च्याँठिने, आक्रोस पोख्ने, विरह […]

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्राध्यापक शिवराज अधिकारी र डा. अरनिकोकुमार पाण्डेलाई नियुक्ति गरेको छ । बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय सुनाउँदै उहाँले सरकारले यस्तो निर्णय गरेको हो । निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता […]

काठमाडौँ । नेपाली काँगे्रसका सांसद विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको बताउनुभएको छ । बिहीवार सरकारी वकील कार्यालयमा उपस्थित भइ बयान दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाउनुभएको हो । उहाँले राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै नेपाल र विश्वभर रहेका नेपाली युवा, […]

सल्यान उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा नेपाली कांग्रेसले भरत बस्नेतको टिमलाई सहयोग गर्न अपिल गरेको छ । हिजो मात्र नेपाली काँग्रेस सल्यानको पार्टी बैठक बसी बिगतमा भएका अन्र्तरघात र घातको बृहत समिक्षा गर्दै अब त्यो छुट सल्यानमा नभएको भन्दै एकता भएर जाने निर्णय गरेको छ । नेपािली काँग्रेस सल्यानका सचिब समेत रहेका प्रकाश भण्डारीले बैठक […]

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सभामुखलाई पत्र लेखी कांग्रेस सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुख देवराज घिमिरेलाई एक पत्र पठाएर बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सम्बन्धमा अनुसन्धान भइरहेको सूचना दिएको हो । सीआईबीले लेखेको पत्रमा भनिएको छ,‘बाँसबारी छाला जुत्ता कारखाना लि।को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ […]