सल्यान उद्योग बाणिज्यसंघको आसन्न निर्वाचनमा भरत बस्नेतको टिमलाई सहयोग गर्न काँग्रेसको अपिल

सल्यान उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा नेपाली कांग्रेसले भरत बस्नेतको टिमलाई सहयोग गर्न अपिल गरेको छ । हिजो मात्र नेपाली काँग्रेस सल्यानको पार्टी बैठक बसी बिगतमा भएका अन्र्तरघात र घातको बृहत समिक्षा गर्दै अब त्यो छुट सल्यानमा नभएको भन्दै एकता भएर जाने निर्णय गरेको छ । नेपािली काँग्रेस सल्यानका सचिब समेत रहेका प्रकाश भण्डारीले बैठक बारे जानकारी गराउदै भनेका छन, पार्टी यो अभियानमा निर्मम भएर लाग्ने छ अरूबेला जस्तो छुट यो पटक प्राप्त हुनेवाला छैन,पार्टीमा समाहित हुनुभएका साथीहरुलाई यो पनि जानकारी गराउँदछु । आम सल्यानबासी उद्योगी ब्यापारीज्यू हरुमा मेरो अनुरोध,यो समाजको सकारात्मक निर्माणको सपना देखेका लोबलाग्दो युवा शक्तिको यात्रामा यहाँहरु जोडिनुहुनेछ र आफ्ना ब्यबसायीक हक हित सुनिश्चिता गर्नुहुने छ । यो संगै सल्यानमा उद्योग बाणिज्य संघको निर्वाचनमा चुनाबको तिब्र तयउारी गरेको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु