काठमाडौँ । स्वतन्त्र उत्पादक संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत नियमन आयोग उर्जाको क्षेत्रमा नियमन गर्नकै लागि जन्मेको संस्था भएकाले यसले अझ प्रभावकारी हिसावले काम गर्नुपर्ने बताउनुभएको छ । बिहीवार राजधानीमा आयोजित विद्युत नियमन आयोगको छैठौं वार्षिक उत्सबको अवसरमा बोल्दै उहाँले नेपालका निजी र निजी क्षेत्रलाई मात्रै नभएर सरोकारवालाहरुलाई पनि सम्बन्धित विषयवस्तुमा सँगसँगै […]

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । बिहीबार राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले यस्तो बताएका हुन् । राष्ट्रवादी आन्दोलनलाई सफल पार्ने जिम्मेवारी राजेन्द्र लिङदेनको काँधमा पुगेको बताउदै उनले भने, ‘हामीहरु हिन्दु राष्ट्रको एजेण्डा स्थापित […]

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै राजावादीले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले जनआन्दोलन घोषणा गरेका हुन् । राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहने बताउदै उनले भने, ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी […]

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ । बिहीवार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले […]

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाई घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले नेपाली भाषामा अनेक सम्मानार्थी शब्दहरु रहेको भन्दै अहिलेको मिडियाले तल्लो स्तरको भाष प्रयोग गर्ने गरेको आरोप लगाउनु भयो […]

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली (एनआरएन) लाई संविधानअनुसारको अधिकार दिलाउने र नेपालमा लगानी गर्ने कानुनी सुविधा सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताउनुभएको हो । उहाँले गैरआवासीय नेपालीहरूलाई नेपालको विकासमा साझेदारको रूपमा हेर्नुपर्ने उल्लेख गर्दै उनीहरूलाई नेपाली नागरिक सरह व्यवहार गर्नुपर्ने बताउनु […]

काठमाडौँ । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले नीति तथा कार्यक्रममा विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम समयसापेक्ष रूपमा परिवर्तन गर्ने कुराहरू समावेश हुनु राम्रो पक्ष भएको बताउनुभएको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा विकासको पूर्वाधारको पनि पूर्वाधार रहेको बताउनु […]

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारले सहसचिव तहका एक कर्मचारी हटाएको विषयलाई लिएर अनावश्यक हल्ला र राजनीतिक आरोप लगाइएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । सरकारको मातहत रहने कर्मचारी व्यवस्थापन सरकारको स्वाभाविक अधिकारभित्र पर्ने उहाँको […]

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले जानकारी गराउने भएका छन् । मंगलबार प्रतिनिधि सभामा नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ मागेर अवरोध गर्न खोज्दै सभामुखले रुलिङ गर्नुपर्ने माग राखेका थिए । त्यसक्रममा सभामुख देवराज घिमिरेले रेशम चौधरीको पक्राउबारे गृहमन्त्रीले संसद्मा जवाफ दिने जानकारी गराए । आगामी बिहीबार […]