काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) मनाइने पाहाँचन्हे जात्रालाई अवरोध गर्ने कुनै पनि गतिविधि नगर्न कडा चेतावनी दिएको छ। महानगरले जात्राको रूटमा सभा, जुलुस वा प्रदर्शन गरी सांस्कृतिक गतिविधिमा अवरोध गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। महानगरपालिकाका अनुसार जात्रा हुने क्षेत्रहरू— यतखा, कोठाननी, तमोगल्ली, भण्डार, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, सुन्तागल्लि, मुगल्लि, कंकेश्वरी मन्दिर क्षेत्र लगायतमा […]

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । विहीबार दिउँसो सर्वोच्च अदालतमा दर्ता भएको रिटमा शाक्यले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल बाँकी नै नभएको तर्क गरेका छन् । बुधबार नै सर्वोचमा रिट निवेदन दिए पनि उनको रिट आज दर्ता भएको हो । शाक्यलाई चैत १५ […]

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत रहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय न्यायिक आयोगसहित सशस्त्र द्वन्द पीडित संलग्न सङ्घसंस्थाले आज यहाँ आयोजना गरेको ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन’मा उहाँले विस्तृत शान्ति सम्झौताको मर्मअनुसार न्याय दिने विषयमा एकमत भएको बताउनुभयो । “सत्य उजागर गरेर न्याय दिलाउन र […]

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई पदबाट हटाएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। उनले आफूलाई पुनर्बहाली गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन्। लोकमणि पोखरेलको वारेसमार्फत […]

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिष्पर्धा चलिरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानूनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरुबीच होडबाजी चलिरहेको बताउनुभएको हो । उहाँले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित गर्नको लागि प्रतिष्पर्धा गर्न आग्रह […]

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले बिहीबार पनि सदनमा अवरोध जारी राखेका छन् । अवरोधका कारण बिहीबार राष्ट्रियसभाको बैठक रोकिएको हो । बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभाका अध्यक्ष नारायण दाहालले आग्रह गर्दा पनि उनीहरू बस्न मानेनन् । विपक्षीहरूले अवरोध जारी राखेपछि आजको […]

ताकेश्वर नगरपालिकालाई लक्षित गरी हिमालय टिभीले प्रकाशन गरेको समाचारप्रति ताकेश्वर नगरपालिकाले गम्भीर असहमति जनाउँदै प्रेस काउन्सिल नेपालमा उजुरी दिएको छ। ताकेश्वर नगरपालिकाको दाबी अनुसार, हिमालय टिभीको फेसबुक पेजमा ‘विपन्न विद्यार्थी पढ्ने स्कूलभित्र ताकेश्वर नगरपालिकाको कुकुरीयत’ शीर्षकमा प्रसारित समाचार एकपक्षीय, भ्रामक तथा नगरपालिकाको छविमा आँच पुर्‍याउने खालको रहेको छ। प्रेस काउन्सिल नेपालले ताकेश्वर नगरपालिकाको उजुरीलाई गम्भीरताका […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएको बिषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गरे । एकजनालाई हटाएर अर्कोलाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाई थियो । प्रधानमन्त्री […]

काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो बैठक पुनः स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्ष दलका सांसदहरुले विरोध कायमै राखेपछि सभामुखले १४ गते बिहिबार बिहान ११ बजे बैठक बस्नेगरी स्थगित गरेका हुन् । यसअघि बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आधा घण्टा स्थगन गरिएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट […]

काठमाडौँ । विपक्षी दलको विरोधका कारण राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ । बुधवार बैठक सुरु हुने बित्तिकै कुलमान घिसिङलाई पदबाट हटाइएको भन्दै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माओवादी सांसद गोपी बहादुर सार्की अछामीलाई बोल्न समय दिए । उनले अन्धकारमा बसेका नेपालीलाई उज्यालो दिने कुशल कर्मचारी कुलमान […]