काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलव सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरुलाई निर्देशन दिनुभएको छ । बिहीवार नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच मन्त्रालयमा भएको वार्तामा बोल्दै मन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएको हो । गत माघ २५ गते बसेको चिकित्सा शिक्षा […]

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । तीन साता यता शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा बिरोध जारी राखेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् । सरकारले वैशाख १२ गते बजेट अधिवेशन […]

काठमाडौं । लोकतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सामाजिक सञ्जालमार्फत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। सन्देशमार्फत उनले लोकतन्त्र सहजै प्राप्त नभएको भन्दै यसलाई नेपाली जनताको ऐतिहासिक संघर्ष र बलिदानको उपलब्धिका रूपमा स्मरण गरेका छन्। उनले लेखेका छन्, “लोकतन्त्र कुनै सजिलो यात्राबाट प्राप्त […]

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । […]

काठमाडौं । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव घरमा ल्याइएको छ। उनले शव अहिले बुटवल कालिकानगरमा रहेको घरमा राखिएको छ। न्यौपाने दाहसंस्कार नवलपरासी त्रिवेणीमा गरिने पारिवारिक स्रोतले बताएको छ। शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै एम्बुलेन्समा ल्याउने बुटवल ल्याइएकाे थियो । बिहान भारतीय […]

काठमाडौँ । शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर तामाङ नुवाकोटबाट पक्राउ परेका छन् । यही वैशाख ७ गते धारिलो हतियार प्रहार गरी ४५ वर्षीय श्रीमती पुतलीमायाको हत्या तथा छोरा रिदम र छोरी सञ्जितालाई घाइते बनाइ फरार भएका उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँ […]

काठमाडाैं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आउन अझै बाँकी छ । तर, नेपाली कांग्रेसमा आगामी नेतृत्वको लागि चर्चा परिचर्चा सुरु हुन थालिसकेको छ । सभापति पदको लागि डा. शेखर कोइराला, पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा .शशाङ्क कोइराला, गगन थापा लगायतका नेताहरुले तयारी थालेका छन् । यसैगरी पदाधिकारीमा नेपाली कांग्रेसका युवा नेताहरुले पनि […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्। भेटवार्तामा दुई देशबीचको मित्रवत् सम्बन्ध, सांस्कृतिक आदानप्रदान, ऊर्जा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी सम्भावनाबारे विस्तृत छलफल भएको थियो। पछिल्ला दिनमा नेपाल–भारत ऊर्जा सहकार्य थप सुदृढ बन्दै गएको विषयमा पनि कुराकानी भएको […]

काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने तयारी गरिएको छ । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूसँगको छलफलपछि प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार गरिएको हो । साथै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव पनि अघि सारिएको छ । वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त […]

मुस्ताङ । भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गर्नुभएको छ । उहाँका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गर्नुभयो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र १६ सदस्यीय टोली मुस्ताङ आएको हो । टोलीलाई […]