समाचार
भक्तपुर । आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन् भन्ने पुस्तौंदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छन् । कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित वाग्मती प्रदेश निर्वाचन कार्यालयमा चार पदका निम्ति मतदान जारी छ । उपप्रमुख सुनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् । बालेनको सचिवालयका अनुसार महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न नगएका हुन् । […]
रोल्पामा 1 जना युबक मृत अवस्थामा फेला । रोल्पा । रोल्पाको त्रीवेणी 7 छम्मा निवासी अन्दाजी 40 बर्से शोभाराम बुढाथोकी माघ 8 गत्ते ससुराली गएको र 9 गत्ते ससुरालिबाट फर्किएको तर घर नआएपछी बेलुका घर परिवारले सम्पर्क गर्न खोज्दा सम्पर्क भएन त्यस पछि बिहान पनि घर न आएपछी घर परिवारले खोजी कार्य जारी गर्यो खोजी […]
काठमाडौँ – सरकारको एक्सन रुम नै एक्सनमा भन्दा निर्देशन केन्द्रित बन्दा गेमचेञ्जर मानिएका राष्ट्रिय गौरवका आयोजनामा सरकारको हस्तक्षेप बढ्न सकेको छैन । सरकारको कार्यशैलीप्रति प्रधानमन्त्रीकै असन्तुष्टीले देखाउँछ–जनतामा कुन हदसम्मको असन्तुष्टी होला ? सरकार आफ्नै कामसँग असन्तुष्ट हुने अवस्थामा पुगेकै हो त ? सर्वसाधारणमा सरकारप्रतिको नैराश्यताको हद पार गर्दा सरकार नै आफ्ना काममा सन्तुष्ट छैन । […]
बाँकेमा खुलेआम यौनजन्य ब्यवसाय फस्टाउँदै आएको छ । देशमा आर्थिक मन्दी चलिरहेको समयमा पैसा कमाउने लोभमा बाँकेका विभिन्न स्थानमा यौनजन्य ब्यवसाय मौलाउदै गएको तथ्य खुलेको हो । बाँकेकै ठूलो शहर नेपालगन्जको न्युरोड, धम्बोझी, आदर्शनगर चोक र कोहलपुरका दशबीघा आसपासका होटेलहरु संग कन्ट्याक्ट्मा रुम लिने र सडक छेउमा ग्राहक संग बार्गेनिङ गर्दै यौनजन्य गतिबिधी गर्दै आएका […]
राजविराज कारागारका एक कैदीको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका-३ का ३५ वर्षीय गोरिया भनिने बिरेन्द्र कुमार मलाहाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ । मानसिक सन्तुलन गुमेको र मृगौला रोगबाट पीडित मलाहालाई अक्सिजनस्तर कम भएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो । मृतकका ससूरा महादेवा गाउँपालिका -३ वथनाहाका […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताए । सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत […]
काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना (काठमाडौं–निजगढ) निरीक्षण गर्न जानेको भीड देख्दा लाग्छ, ‘नामअनुसारको काम भइरहेको छ ।’ अर्थात् सडक निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । वास्तविकता चाहिँ ठीक उल्टो छ । नाम ‘द्रुतमार्ग’ राखिए पनि निर्माण ‘कछुवा गति’मा छ । कामअनुसारको नामै राख्ने हो भने यसको नाम ‘द्रुतमार्ग’ नभई […]
काठमाडौं । धनगढीका एक व्यवसायीले आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् । कैलाली प्रहरीका डीएसपी कुलदीप चन्दका अनुसार अग्रवालले आफ्नै घरको पाँच तलाबाट हामफालेर आज बिहान आत्महत्या गरेका हुन् । आत्महत्याको कारण भने खुलेको छैन ।
काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ । एसईई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष परीक्षार्थीले नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार नतिजा प्रकाशन गरिने बताए । उनका अनुसार बोर्डले […]










