सल्यान जिल्ला कुमाख गाँउपालिकाका गोरख परियारको स्वास्थ्य अवस्था नाजुक, उपचारको लागी के.एम.सि.मा लगीयो

नमस्कार, उनी सल्यान जिल्लाको कुमाख गाँउपालिका निवासी गोरख बहादुर परियार हुन् । २४ वर्षकै कलिलो उमेरमा उनि लामो समय देखि बिरामी परेर ओछ्यानमै थलापरिरहेका थिए । उनको आँफ्नो भन्नु केहि छौन् । ओत लाग्ने छाना र जिउन चाहिने नाना समेतको जोहो नहुदा उनि खोलाको किनारमा पाल टाँगेर परालमा बास बस्दै आएको पनि लामो समय भयो दर्शक बिन्द्र ।
सानै उमेरमा बुबाको मृत्यु पछि पारिवारिक जिम्मेवारी काँधमा थापेका गोरख अहिले आँफै थलिए पछी, उनका ७ वर्षका छोरा र उनकी बुढि आमाको अवस्था निकै कष्टकर भएको छ । श्रीमतीले समेत साथ छोडेर गएपछि अहिले उनिको हेरचाह गर्ने आँफ्नो मान्छे समेत छौन् । बिचरी बुढी आमा छोराले लालनपालन गर्ने बेला छोरालाई नै स्याहार गर्दै हिन्दा मन भारी हुन्छ । दैवको नियती पनी कस्तो दिन दुखी लाई दुखै माथि दुखको चाँङ थुपारी दिने । बिचरा बुढी आमाको भनाई दैब लागीगो नि बाबु, हामी गरिबको त नियतीले पनी भाग्य लेखन बिर्सिएछ ।
दर्शक बिन्द्र हामी यो रिर्पोटिङ गरिरहदा निकै मन भारि भएको छ । उनको शरिरका घाउहरु र शारिरीक अवस्थाको देख्दा हामी छिया छिया भएका छौँ । सामाजिक संजाल फेसबुमा शारदा नगरपालिका वडा नं. १२ का अध्यक्ष सुरेन्द्र बुढाले पोष्ट गरेको देखेपछि हाम्रो टिमले उद्धार तथा उपचारको लागी पहल गर्ने निर्णय गरौँ । शारदा नगरपालिका वडा नं. १ र १२ का अध्यक्ष द्धवय प्रदिप पाण्डे र सुरेन्द्र बुढालाई तत्काल सम्र्पक गरेर बिरामीको अवस्थाको जानकारी लियौं । जाने जती र चिने जती सबैलाई सहयोग कसरी गर्न सकिन्छ सुझाब लियौँ । अनि सिधै हामीले प्रतिनिधि सभाका सदस्य तथा नेपालि काँग्रेसका नेता डा. सुनिल शर्मालाई फोन गरौँ । उहाँ काठमाण्डौँ भ्याली बाहिर रहेको तर सहयोग मनै देखि गर्ने र सकेको सहयोग गर्ने बचन दिएपछि हामीले फेरी अध्यक्ष द्धवय प्रदिप पाण्डे र सुरेन्द्र बुढालाई फोन गरेर तत्काल एम्बुलेन्स बनाएर काठमाण्डौँ पुर्याउन अनुरोध गरौँ । हामिले अनुरोध गरेको केहि समयमै एम्बुलेन्स बनाएर करिब ४ बजे काठमाण्डौको लागि पठाइसकेको जानकारी आयो । हामी बिरामी आउने समय कुरेर अब कसरी बिरामीको उपचार गर्न सकिन्छ ? सल्हा तथा सुझाब लिदै रात बितायौँ । बिहान करिब ५ बजे एम्बुलेन्स संगै हामी डा. सुनिल शर्मा संचालक रहेको अस्पताल काठमाण्डौँ मेडिकल कलेज (के.एम.सि.) गयौँ । सायदै सामान्य नागरिकको उपचारको चासो र चिन्ता हुने सहरमा सामान्या नागरीकले त्यो स्थान पाउनु आँफैमा एउटा ठुलो कुरा हो । डाक्टर शर्माको निर्देशन पहिले नै भैसकेको रहेछ । हामी जाने बितिकै तत्काल इमरजेन्सी वार्डमा लिईयो । डाक्टर शर्माको निर्देशनमा अहिले बिरामीको उपचार उनकै अस्पताल काठमाण्डौँ मेडिकल कलेजमा भैरहेको छ । उपचारमा खटिने सबै डाक्टरको टिम र सिंगो मेडिकल टिमलाई धन्यबाद । अझ बिशेष धन्यबाद उपचारको लागी पहरेदारको रुपमा उभिने डाक्टर सुनिल शर्मा लाई । सेवा नै धर्म हो, आउनुहोस् जीवन बचाउने महाअभियानमा तपाई हामी सहकार्य गरौँ

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु