समाचार
काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । ‘बाँसबारी छाला जुत्ता’ उद्योगको जग्गा प्रकरणमा उनलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ । चौधरीलाई निवासबाटै पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ ।
दाङको राजपुर गाउँपालिका–४का टीकाराम यादव परिवारको पुर्ख्यौली पेसामै रमाइरहेका थिए। उनीहरूका बाजेका पालमा पनि चारपाँचवटा भैंसी जहिल्यै हुन्थे। तिनै भैंसीबाट हुने आम्दानीले परिवारको गुजारा चल्थ्यो। दूध, दही र घिउ बेच्थे। आम्दानी ठिकै थियो। व्यवहार चलेकै थियो, ठूलो दुःख थिएन। एकाएक टीकारामलाई अलिक बढी पैसा कमाउने धुन चल्यो। उनले ‘गाउँका धेरै केटाहरू विदेश गएका छन्, म पनि […]
खजुरा,। नेपालगन्जका एक युवाले सल्यानमा उत्पादन गरिएको सिस्नो नेपालगञ्ज ल्याएर बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । कुमाख गाउँपालिका –७ सोनपोखरी सल्यान स्थायी घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रा बस्दै आउनुभएका ३० वर्षीय युवा बुद्धिराम पुरीले सल्यानबाट सिस्नो नेपालगन्ज ल्याएर विक्री वितरण गर्दै आउनुभएको हो । बुद्धिरामले गत दुई महिनादेखि सल्यानबाट सिस्नो नेपालगन्ज ल्याएर […]
नवलपुर । नेपाली भूमि बचाउन वर्षौंदेखि लडिरहेका अधिकांश सुस्तावासी नेपाली नागरिकताबाट वञ्चित छन् । सुस्तामा हाल २६५ घरधुरीका तीन हजार १३३ जनसङ्ख्या रहेकामा झन्डै एक तिहाइले मात्र नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय, पश्चिम नवलपरासीका अनुसार सुस्ताका एक हजार ८३ जनाले मात्र नेपाली नागरिकता पाएका छन् । सुस्ता–५ का वडाध्यक्ष प्रभुनाथ यादवका अनुसार उमेर […]
सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरूद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ। बुधबार कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिसिल झिकाउने आदेश गरेको हो। रूपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरूद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो। […]
सिरहा: सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ । प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार […]
काठमाडौँ । नवलपुरमा बसको ठक्करबाट नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री बलराम पौडेलको मृत्यु भएको छ । गैंडाकोट कालीगण्डकी चोक नजिकै ग १ ख ८५४७ नम्बरको बसले पौडेलसवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मत्यु भएको हो । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको शव […]
काठमाडौँ / माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । बढ्दै गइरहेका जाडो मौसमलाई मध्यनजर गरेर बैङ्कले आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुर जिल्लास्थित श्री आधारभुत विद्यालय (इसिडी–८) सिवाई बेल्हा, त्यस्तै श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थीहरूलाई विद्यालय पोशाक अनुसारको रङ्गको स्वीटरहरू […]
माघ १७, २०८० गोदावरी : नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न ( विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ । विद्युत प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने […]
काठमाडौं । एनसेलको शेयर खरिद बिक्री प्रकरणबारे छानबिन गर्न बनेको समितिले खरिद सम्झौता कानूनसम्मत नभएको भन्दै यथास्थितिमा स्वीकार नगर्न सरकारलाई सिफारिस गरेको छ । समितिका संंयोजक टङ्कमणि शर्मा दङ्गालले सम्झौताका शर्तहरु हेर्दा कानूनसम्मत नभएको भन्दै यो खरिद सम्झौता यथास्थितिमा स्वीकार गर्न सकिने अवस्था नदेखिएको समितिको निष्कर्ष भएको बताउनु भयो । उहाँले वैधानिक अपेक्षाको उल्लंघन भएकोबारे […]











