समाचार
तपाइँहरुले रबि लामिछानेको भाषण सुन्नु भएको छ ? उनको भाषण र शासनको सम्बन्ध पुस्तौ पुस्ताको छैन । रबिको दरबारमा अहिले प्रजाका दु:ख सुन्ने कोहि छैन । सत्ताको मातले रबि अहिले एती मातिएका छन जुन मातले अहिले उनी निदाएका छन । सायद सत्ताको मात र आसेपासेको चाप्लुसिले उनी अहिले छुटै संसारमा छन । आज हामी आउनुस […]
गोरखा नगरपालिका-७ पौवाखेतका १८ वर्षीय विवश रोका बुधबार बिहान सवा ८ बजे फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका-५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा बा २ ज ४१९६ नं. को दुर्घटना हुँदा उनी बेपत्ता बनेका थिए। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा ट्याक्सीमा सवार अरु ५ […]
उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतसँग पनि हार्दिकताका साथ छलफल गर्न चाहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् । आफ्नो चीन भ्रमणबारे जानकारी दिएका परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणमा भएका भेटवार्ताहरु र छलफलबारे प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन् । भारतसँग पनि यसरी नै छलफल गर्न चाहेको उनको भनाई छ । तर […]
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई बहसका लागि संसदीय समितिको कार्यालयमा आउन आग्रह गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले गृृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे सार्वजनिक बहस गर्न तयार भएको भन्दै दिएको अभिव्यक्तिबारे समितिमा बहस गर्न आग्रह गरेका हुन् । “माननीय गृहमन्त्रीजीमा उत्साह छ । उर्जा छ, बोल्दै गर्दा हामीभन्दा ठूलै स्वरमा बोल्न […]
पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि पेसी आज तोकिएको छ । नक्काली भुटानी शरणार्थी प्रकरणको आरोप लागेका उनीहरुले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि बुधबार तोकिएको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको […]
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले सेतोपाटीलाई जानकारी दिए। मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद बैठक गरेका थिए। नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो। […]
गण्डकी । पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन । पर्यटकको विवरण राख्ने संरचना र प्रणाली नहुँदा पोखरा आउने पर्यटकको सङ्ख्या यकिन हुन नसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । “बर्सेनि […]
काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से १ दशमलव ८५ अङ्कले घटेर दुई हजार १० दशमलव २१ विन्दुमा झरेको छ । हिजो र अस्ति पनि शेयर बजार घटेको थियो । आज फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज ज्योति विकास बैंक […]
माओवादी केन्द्रका नेता कालीबहादुर खाम फक्राउ परेका छन्। खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। खाम कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए। यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका लडाकू कमाण्डर गोविन्दबहादुर बटाला भने अदालतबाट सफाइ पाएपछि रिहा भएका थिए स्रोत : Nepal live
काठमाडौं – जिल्ला प्रशासन कार्यालय रौतहटले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक गार्डलाई पक्राउ गरेको छ । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरिया घर भएका र सोही स्थानमा रहेको श्री प्राथमिक विधालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो । शिक्षक यादवलाई नियन्त्रणमा लिई […]











