कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलप्रति जनताको जे–जति अपेक्षा थियो, त्यस अनुसार काम हुन नसकेको प्रस्ट छ । मैले उहाँको एक वर्ष अवधि भनेर ठ्याक्कै मूल्याङ्कन गरेको त छैन, यद्यपि राम्रै भयो भनेर भन्न सक्ने अवस्था पनि छैन । जनताको अपेक्षा अनुसार उहाँले कार्यसम्पादन गर्न नसकेको प्रस्ट छ । भएका कामहरू पनि सिस्टममा गएको देखिँदैन । […]

अमेरिकाको सर्वोच्च अदालतले मुम्बई हमलाका आरोपी तहब्बुर रानालाई भारतको जिम्मा लगाउन नहुने अपिल खारेज गरिदिएको छ । यससँगै रानालाई भारतीय अधिकारीको जिम्मा लगाउने प्रक्रिया एक कदम अघि बढेको छ । २००८ मा भारतको मुम्बईमा आतंकवादी हमला भएको थियो । आक्रमणका आरोपी राना २००९ मा अमेरिकामा पक्राउ परेका थिए । साथी डेभिड कोलम्यान हेडलीसँग मिलेर मुम्बईमा […]

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा रोलय च्यालेन्जर्स बेंगलुरुले गतिलो प्रदर्शन गर्दै आएको छ । बेंगलुरुले आफूले खेलेको चारमध्ये तीन खेलमा जित हात पारेको छ । बेंगलुरु ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । आफ्नो पछिल्लो खेलमा बेंगलुरुले बलियो प्रतिद्वन्द्वी मुम्बई इन्डियन्सलाई उसैको घरेलु मैदानमा १२ रनले हरायो । बेंगलुरुले मुम्बईलाई १० […]

काठमाडौं । काठमाडौं शहर पुन: विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा पुगेको छ । आज काठमाडौंको वायु प्रदूषण उच्च छ । आईक्यू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो । काठमाडौँको एक्यूआई २ सय ६२ रहेको छ । यसलाई निकै अस्वस्थ मानिन्छ । ५० सम्मको एक्यूआईलाई […]

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा चैत १५ गतेदेखि प्रहरी हिरासतमा छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा एउटै कोठामा राखिएको छ। मिश्र, राणालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी परिसरको जिम्मा लगाएको थियो। वरिष्ठ उपाध्यक्ष मिश्रलाई पहिलादेखि अरू थुनुवाहरूसँगै राखिएको थियो भने सांसदसमेत रहेका महामन्त्री राणालाई भने […]

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्दै छन् । सबै प्रदेशमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत आज मधेस प्रदेशसभा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले प्रदेशसभाबाट सम्बोधन गर्ने भएपछि त्यसको तयारी भव्य रूपमा गरिएको छ । बाहिर गेट बनाउनेदेखि लिएर सभाहलमा कार्पेट लगाउने कामसमेत भएको प्रदेशसभा सचिवालयले जनाएको छ । मंगलबार […]

काठमाडौँ । तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका २७ वर्षीय कुमार तामाङ छन् । उनलाई ट्राफिक लाइट तोडफोड गर्नुका साथै तीनकुने र जडीबुटी क्षेत्रमा आगजनी गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए। प्रहरीका अनुसार तामाङमाथि आपराधिक […]

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको सुडालमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । सुडालको महेन्द्र विद्याश्रम माविको आयोजनामा विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ४ सय ७६ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । शिविरमा ६४ जनाको भिडियो रेक्सरे, […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो । “धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य […]