काठमाडौँ । तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका २७ वर्षीय कुमार तामाङ छन् ।
बिज्ञापन
उनलाई ट्राफिक लाइट तोडफोड गर्नुका साथै तीनकुने र जडीबुटी क्षेत्रमा आगजनी गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए।
बिज्ञापन
प्रहरीका अनुसार तामाङमाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा हालसम्म ७३ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ।






