समाचार
नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्मालेमोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नं-०२ र उर्लाबारी नगरपालिको वडा नं-०३ को सीमामा पर्ने सुनझोडा खोलामा मोटरेवल पुलको शिलान्यास भएको छ। आज शनिबार बिहान एक औपचारिक कार्यक्रमका पूर्वमन्त्री तथा मोरङ्गको निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद डीगबहादुर लिम्बु र निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद् […]
नेपाल–जापान सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले काठमाडौंमा एक भव्य सांस्कृतिक कार्यक्रम ‘नेपाल–जापान कल्चरल एक्सचेन्ज प्रोग्राम’ आयोजना गरिने भएको छ। ओजी मिडिया हाउसको आयोजनामा तथा B. To B. Consultancy को मुख्य प्रायोजनमा आयोजना हुने कार्यक्रममा विश्व चर्चित जापानी जादुगर ज्याक १२ (Jack 12) ले प्रत्यक्ष जादु प्रस्तुत गर्नेछन्। ज्याक १२ ती चर्चित कलाकार हुन्, जसले अमेरिकी […]
काठमाडौं : काठमाडौंको दरवारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि लागू हुनेगरी नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जय नेपालसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म निषेधाज्ञा जारी गरिएको हो।
चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ७५ करोड बराबरको पासपोर्ट (राहदानी) आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १ अर्ब ७५ करोड ५२ लाख ४४ हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट आयात गरेको छ । यसमध्ये १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँको ५८ हजार ७७० केजी […]
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको उज्यालो भविष्यमाथि चौतर्फी प्रहार भइरहेको बताएका छन् । मंगलबार पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले एमालेमाथि भइरहेको चौतर्फी प्रहारलाई सामना गर्नुपर्ने बताएका हुन् । महासचिव पोखरेलले विद्यालयस्तरमै गणतन्त्रबारे पढाउनुपर्ने समेत बताए । राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिँदै बलियो शक्तिका रुपमा एमाले स्थापित भएका […]
बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेहरूलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ । जिप दुर्घटनामा बुढीनन्दा नगरपालिका – २ का नन्दाराम तिरुवा र लोकेन्द्र तिरुवालाई कोल्टी अस्पतालबाट रेफर गरिएको हो । मंगलवार बिहान नेपाल टेलिकमको टावरमा ब्याट्री फेर्नका लागि ब्याट्री लिएर टेलिकम अत्तरियाको बा ५ च २२०९ […]
चैत १५ गते भएको तीनकुनेमा राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका धर्मगुरु भनेर चिनिने पुस्कर खतिवडाले २/३ ढुङ्गा प्रहार गरी त्यहाँबाट निस्किएको बताएका छन् । प्रहरीसँगको बयानमा उनले प्रहरीले अश्रुग्यास प्रहार गरेपछि ढुङ्गा हानेको र तत्काल सो स्थानबाट निस्किएको बताएका छन् । आफू कुनै पार्टीको सदस्य नरहेको, हिन्दू राष्ट्रको समर्थक भएकाले स्वतन्त्र नागरिकका हिसाबले त्यहाँ आन्दोलनमा […]
काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित युवासँग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताए। भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले प्रमाण नहुँदा पनि रविविरुद्ध मुद्दा चलाइएको बताएकी छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत निकिताले नियन नै राखेर रविलाई थुनिएको बताएकी छन् । “केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमान्विरुद्ध मुद्दा लगाइयो । नियत नै राखेर थुनियो । गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकका विषयमा उपमेयर सुनिता डंगोलसहित ४१ सदस्य एकजुट बनेका छन् । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले ६ महिनादेखि कार्यपालिका बैठक नबोलाएपछि उनीहरूले त्यसको माग गरेका हुन् । महानगरका कुल ४२ कार्यपालिका सदस्यमध्ये ४१ जनाले सात दिनभित्र बैठक बोलाउने ‘अल्टिमेटम’सहित पत्र जारी गरेका छन् । सोमबर (जेठ १२) महानगरमा बसेको अनौपचारिक […]











