सल्यान, बागचौर |
सल्यान जिल्लाको बागचौर नगरपालिका–९, छाप खर्सु निवासी लुम बहादुर डाँगीको ब्लड क्यान्सरका कारण आज निधन भएको छ। केही समयदेखि चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत डाँगीको शनिवार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ।
बिज्ञापन
लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका डाँगीको आर्थिक अवस्था कमजोर भएकोले उपचार खर्च जुटाउन उनका परिवारले सहयोगको लागि सार्वजनिक रुपमा अपिल गरेका थिए। सामाजिक सञ्जालमा विभिन्न अभियान्ताहरूले सहयोग अभियान समेत सञ्चालन गरेका थिए।
बिज्ञापन
तर अन्ततः उपचारकै क्रममा उहाँले देह त्याग गर्नुपर्यो। परिवारका अनुसार उहाँको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि सल्यान ल्याउने तयारी भइरहेको छ।
शान्त स्वभाव र सामान्य जीवनशैलीमा रमाइरहनु भएका डाँगीको असामयिक निधनले आफन्तजन, छिमेकी र शुभचिन्तकहरू स्तब्ध बनेका छन्। स्थानीय बासिन्दा, संघसंस्था तथा शुभेच्छुकहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।