समाचार
काठमाडौं । पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षकहरू आफ्ना मागहरू लिएर राजधानी काठमाडौंमा जारी १५ दिन लामो आन्दोलनमा रहेका छन्। यस आन्दोलनले न केवल शिक्षा क्षेत्रमै प्रभाव पारेको छ, बरु लाखौं विद्यार्थीको भविष्यमा पनि अन्योलता सिर्जना गरेको छ। यसै सन्दर्भमा नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले शिक्षकमाथि भइरहेको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेका […]
दाङ, शान्तिनगर — बेलायतको Royal Borough of Greenwich का मेयर श्री जित राणाभाट र दाङ शान्तिनगर गाउँपालिका अध्यक्ष श्री प्रमोद बस्नेतबीच हालै विशेष भेटघाट सम्पन्न भएको छ। भेटघाटका क्रममा शान्तिनगर गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल सुन्दरा देवी मन्दिरको विषयमा चर्चा गर्दै अध्यक्ष बस्नेतले त्यस मन्दिरसँग सम्बन्धित मायाको चिनो मेयर राणाभाटलाई प्रदान गर्नुभएको थियो। साथै, […]
ललितपुर । ११ वर्षीया दुर्गा बोहराको हत्या घटनामा संलग्न भएको आरोपमा उनका १५ वर्षीय दाइलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, चैत ४ गते रातिदेखि हराएकी दुर्गा बोहरा सम्बन्धी खोजतलासका क्रममा उनको शव चैत २९ गते ललितपुर महानगरपालिका–९, खपिन्छेँस्थित एक पुरानो घरको भुईँतलामा रहेको पानी ट्याङ्कीभित्र सडेगलेको अवस्थामा फेला परेको थियो। […]
भारतको दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार राति एक युवतीको गोली हानी हत्या भएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । ‘लगभग आधा घण्टा अघि हामीलाई फोन आयो । हामीलाई भनिएको थियो कि एक जना युवतीलाई गोली लागेको छ । यो घटना जीटीबी एन्क्लेभ क्षेत्रमा भएको हो,’ दिल्लीको शाहदराकी अतिरिक्त डीसीपी नेहा यादवले […]
अहिले देशभरको मौसममा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मध्याह्न काठमाडौं उपत्यकासहित देशका केही स्थानमा घाम लागिरहेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था छ। मंगलबार दिउँसो […]
काठमाडौं । १४ दिनदेखि सडक केन्द्रित आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका शिक्षकहरुसँग आज नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन् । शिक्षकका माग पुरा गर्नेबारे सरकारले कुनै औपचारिक निर्णय नगरेका बेला कांग्रेसका महामन्त्रीहरु थापा र शर्माले छलफल गरेका हुन् । कांग्रेसको पार्टी कार्यालय सानेपामा भएको भेटघाटमा शिक्षकहरुले राखेका बारेका बारेमा छलफल […]
काठमाडौं । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ घर भएका ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका–६ घर भएका ईश्वर पोखरेल छन् । खड्काले युके पठाउँछु भनेर ३६ लाख ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । २३ […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएको छ । आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा सुनुवाइ सकिएको हो । मुद्दामा आदेश आजै आउने बताइएको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते रिट दर्ता भएको थियो । सुप्रिम […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी परेको छ । लामिछाने हाल भैरहवा कारागारमा रहेका छन् । गत शुक्रबार आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै रवी पत्नी निकिता पौडेलले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएकी थिइन् । उक्त निवेदनमाथिको सुनुवाइ […]
काठमाडौं । उच्च अदालत पाटनले ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको क्रममा सवारीको चाबी खोस्ने कार्य कानुनी अधिकारभन्दा बाहिर रहेको ठहर गरेको छ। अदालतको यो निर्णयले ट्राफिक चेकिङका क्रममा चाबी खोस्ने व्यवहारप्रति विधिक स्पष्टता ल्याएको छ। नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले कात्तिक ७ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी […]










