गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताएका छन् । शुक्रबार गृह मन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्नेलाई नागरिकता प्राप्तिमा सहजता बनाइने बताएका हुन् । नागरिकता निकै संवेदनशील विषय भएको भन्दै यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ […]

काठमाडौं । रवि लामिछाने सहकारी ठगी अभियोगमा सांसदबाट निलम्बित भएसँगै रास्वपामा संसदीय दलको नेता को भन्ने बहस सुरु भएको छ । पार्टी सभापति तथा संसदीय दल नेता रहेका रवि सोमबार निलम्बित भएपछि रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका […]

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेको खानीखोला गाउँपालिकामा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । ग्रेस नेपालको आयोजना तथा अप्टिमिस्ट इन्टरनेशनलको सहआयोजनामा पालिकाको वडा नम्बर ५ को कार्यालयमा भएको स्वास्थ्य शिविरमा ७३५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा युरोपका केही देश र भारतको करिब दुई हप्ता लामो भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्किएपछि आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूले युरोपमा महत्वपूर्ण भेटघाट तथा वार्ता गरेको र नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय मागका लागि आधारहरु प्रस्तुत गरेको जानकारी दिनुभयो […]

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाई समेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि भन्दै मन्त्री पौडेलले अतिरिक्त सचिव डा. टङ्क बराकोटी नेतृत्वको कार्यदल बनाएका छन्। कार्यदललाई आम नागरिकलाई समेत सेवा […]

मुलुकको आमुल परिवर्तनमा डा.शेखर कोइरालाको लगानी रहेको बताउँदै प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले भन्नुभयो -‘पूर्वको कोइराला परिवारबाट ल्याएको नशो सुदुर पश्चिमबाट फेरी पूर्व फर्काउँदै पन्ध्रौ महाधिवेशनबाट डा.कोइरालालाई सभापति बनाउँ । नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रमा मनतब्य राख्दै शनिबार धनगढीमा डा.शर्माले सम्बोधन गर्नुभएको हो । प्रतिनिधि सभा सदस्य डा. शर्माले प्रजातन्त्रका […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री डा राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराउनुभएको हा । उहाँले भन्नुभयो “हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई […]

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र डा. सुनिल शर्मा आजदेखि सुदूरपश्चिमका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन्। शेखर कोइराला र सुनिल शर्मासँगै कांग्रेसका अन्य नेताहरू पनि धनगढीमा रहँदा सुदूरपश्चिमका नौ वटै जिल्लाका कार्यकर्तासँग भेटघाट गरी पार्टीका विविध कार्यक्रमहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। आजका कार्यक्रमहरूमा डा. कोइराला, डा. शर्मा लगायत अन्य नेताहरूले सुदूरपश्चिमका सबै […]

ने वि संघ केद्रीय समितिमा बिबाद चुलिएको छ। संघका अध्यक्ष शेर्पाले मनोमानि ढङ्गले अबैध रुपमा , जिल्ला सभापति क्याम्पस सभापति र पालिका सभापतिको अधिकारलाई कुण्ठित गरी महाधिबेशन लाई हुन नदिने गरे केन्द्रीय सदस्यलाई सदस्यता बितरण गर्न भनी प्रतिनिधि खटाएर पार्टिको निर्देशक समितिलाई समेत पंगु बनाएको बिग्याप्तिमा उल्लेख छ। संस्थापन ईतर समुहका नेतृ प्रेमिका रानामगरको हस्ताक्षरमा […]

आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै बिरामी परेका शान्तिनगर गाउँपालिका वडा नं ४ का गणेश परियारको अवस्था बुझ्न गाउँपालिकाको नेतृत्व प्रत्यक्ष रुपमा उनको घरमै पुगेको छ। अध्यक्ष प्रमोद बस्नेत र उपाध्यक्ष प्रेमा बुढाथोकी सहितको टोलीले परियारको घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। गणेश परियार लामो समयदेखि आर्थिक समस्याका कारण आवश्यक उपचार गराउन नसकी […]