कांग्रेसका नेता डाक्टर शेखर र डाक्टर शुनिल आज धनगढीमा

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र डा. सुनिल शर्मा आजदेखि सुदूरपश्चिमका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन्।

बिज्ञापन

शेखर कोइराला र सुनिल शर्मासँगै कांग्रेसका अन्य नेताहरू पनि धनगढीमा रहँदा सुदूरपश्चिमका नौ वटै जिल्लाका कार्यकर्तासँग भेटघाट गरी पार्टीका विविध कार्यक्रमहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बिज्ञापन

आजका कार्यक्रमहरूमा डा. कोइराला, डा. शर्मा लगायत अन्य नेताहरूले सुदूरपश्चिमका सबै जिल्लाका नेता तथा कार्यकर्तासँग छुट्टाछुट्टै भेटघाट गरी जिल्लागत विविध विषयमा छलफल गर्नेछन्। पुस ६ गते उनीहरूले भातृ तथा शुभेच्छुक संस्थाहरूको भेटघाटसँगै नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु