गण्डकी प्रदेश लोकसेवा आयोगले लिने चौथो तहका विभिन्न ( अप्राबिधिक ) पदहरुको देहायका बिज्ञानपनहरुमा online मार्फत दरखास्त फाराम भरी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परिक्षा कार्यक्रम तपसिलका परिक्षा केन्द्रमा  # मिति २०८०/११/२८  गते बिहाना  ठिक ११:०० बजे  संचालन हुने भएको छ।

नेपाली काङ्ग्रेसको आधिकारिक फेसबुक पेज ह्याक   काठमाडौं । नेपाली काङ्ग्रेसको आधिकारिक फेसबुक पेज ह्याक भएको पाइएको छ । भेरिफाइड मार्क भएको काङ्ग्रेसको फेसबुक पेज बुधबारदेखि ह्याकरकाे कब्जामा पुगेको हो । यो समाचार तयार पार्दा करिब १४ घण्टा अगाडि पेजको स्टोरीमा असान्दर्भिक पोस्ट शेयर गरिएको देख्न सकिन्छ । सो स्टोरीमा ‘फतिमा एरियाज फ्यान्स’ नामको पेजमा पोस्ट भएको […]

सल्यान जिल्लाको बागचौर नगरपालिकाले आज वडा नम्बर ५ को कार्यालयको भवन शिलान्यास गरेको छ । लामो समयको बिवाद पछि नगर प्रमुखको सक्रियतामा बिवाद मिलाएर आज एक कार्यक्रमका बिच वडा कार्यालयको भवन शिलान्यास गरिएको हो । निकै पुरानो बिवाद र कार्यालय कहाँ राख्ने भन्ने कुराको समेत टुंगो नहुदा अन्योल परेको वडा कार्यालय शिलान्यास संगै अब बिवाद […]

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु  भएको छ ।  आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च ६ को दिउसो १२ बजेबाट सुरु भएको युएससीआईएसले जनाएको छ । मार्च २२ को दिउसो १२ बजेसम्ममात्र अनलाइनबाट दर्ता गर्न सकिनेछ । युएससीआईएसमा अनलाइन एकाउन्ट खोलेर रोजगारदाता वा उनीहरुका प्रतिनिधिहरुले […]

  सबैको इच्छा भिन्न-भिन्न हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैन । तर सबैको एउटै चाहना हुन्छ, आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् । कुनै पनि काममा कसरी सफल […]

  विराटनगर। नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालाले गठबन्धन टुट्नु पार्टीका लागि वरदान भएको बताउँदै खुसी व्यक्त गरेका छन् । कसैको आशीर्वादमा गठबन्धन टुटेको उनको सङ्केत थियो । विहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको बताए । उनले कांग्रेस सधैँ एक्लै […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासमीकरण परिवर्तन भएका विषयमा प्रतिनिधिसभा बैठकमा आफ्ना भनाइ राखेका छन् । बिहीबार संसद् बैठकमा उनले प्रधानमन्त्रीको पद जोगाउन अप्ठ्यारो नहुँदा पनि गठबन्धन फेरिएको बताए । “म कुनै समस्या वा अप्ठ्यारोमा थिइनँ  । न मेरा प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसको नेतृत्व र मेराबीच अविश्वास पनि केही पनि […]

धेरैजसो मानिस कपाल झर्ने समस्याबाट ग्रसित र आजित हुन्छन् । यस समस्याबाट छुटकारा पाउनको लागि मानिसहरू विभिन्न उपायलाई अपनाउँदछन् । तर पनि राम्रो परिणाम भने पाउन सकिरहेका हुँदैनन् । आज हामी तपाईँलाई अम्बाको प्रयोग गरी यस समस्याबाट मुक्ति पाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौँ । यसले तपाईँको कपाललाई बढाउनमा पनि मद्दत पुराउँदछ । कपाल झर्ने समस्याको […]

, काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् । त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन् । माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामबाट जोडिएर पीटीई (पर्सन टेस्ट अफ इंग्लिस) को डेट बुक गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले मङ्गलबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँकेका २२ वर्षीय तिरुपति पाण्डे, सोही जिल्लाका २० वर्षीय दोमन केसी र बाग्लुङका २० […]